शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

टिकटक बनाउने क्रममा खोलाले बगाएर राेल्पामा एक किशोरीको ज्यान गयो


unn.prixa.net

टिकटक बनाउने क्रममा खोलाले बगाएर रोल्पामा एक किशोरीको ज्यान गएको छ । खाेलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको ज्यान गएको प्रहरीले जनाएको छ ।

स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीकाे सोनु पेट्रोल पम्प नजिकै लुङ्ग्री खोलाको किनारमा उनकाे शव भेटिएकाे प्रहरीले जनाएको छ ।

फरिदा खातुन, नाजुमा खातुन र अर्का एक जना गरी तीन जना किशोरी खोलाको किनारमा टिकटक बनाउँदै खेल्ने क्रममा फरिदालाई खोलाले बगाएको थियो । साथीलाई खोलाले बगाएपछि उनीहरूले नजिकै माछा मार्न गएका व्याक्तिलाई खबर गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top