शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

यी हुन माओबादीकेन्द्र प्यूठानले सिफारिश गरेका उमेदवारको नामावली



प्यूठान, जिल्लाको तेस्रो ठूलो राजनीतिक शक्ति माओबादी केन्द्रले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरुको नामावली टुंगाएको छ ।
माओबादीकेन्द्रले भाद्र २१ गते प्रदेश क र भाद्र २२ गते ख का लागि अगुवा कार्यकर्ता भेला गरी सुझाव लिएको थियो । जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरुको सुझावमा टेकेर बिहिवार पार्टी कार्यालय जुम्रीमा बसेको केन्द्रिय तथा प्रदेश स्तरीय नेताहरुको उपस्थितिमा आबश्यक मन्थन गरी नामावलीलाई अन्तिम रुप दिइएको हो ।
प्राप्त जानकारी अनुसार नेताहरुको पदीय तहका आधारमा स्थायी समिति सदस्य लीलामणि पोखरेल, पोलिटब्यूरो सदस्य कृष्णध्वज खड्का केन्द्रिय सदस्य द्धय नारायण अधिकारी र वाइ वी थापाको नाम सिफारिश भएको छ । यस्तै संघीयमा समानुपातिक तर्फबाट खसआर्य, महिला, दलित र जनजाती सवैको प्रतिनिधित्व हुनेगरी सरस्वती न्यौपाने, उमाराम पौडेल, सन्त बहादुर दर्लामी, पुनाराम थापा, फत्ते बहादुर परियार,श्रीकृष्ण रिजाल र बोम बहादुर भण्डारी रहेका छन् । यस्तै प्रदेश तर्फ माओबादी पार्टीका प्रदेश कमिटी सचिव कृष्ण अधिकारी प्रकाशलाई क वा ख जुन क्षेत्र परेको हकमा पनि सर्वसम्मत बनाउने मनोबिज्ञान तयार भएको भएतापनि ख क्षेत्रबाट कैयन आकांक्षीहरुको नाम पेश हुन आएकाले पार्टीले अन्य करिव १ दर्जन ब्यक्तिहरुको नाम समेत सिफारिश गरेको छ भने प्रदेशको समानुपातिकमा पनि उमा कुमारी शर्मा र अर्जुन कुमार कक्षपति सहितको नाम सिफारिश भएको छ । यता पार्टीले आकांक्षीहरु सवैको भावना समेटेर नाम सिफारिश गरेपनि सामाजिक संजाल र केही संचारमाध्यमहरुमा एकल नाम मात्र सिफारिश भएको भन्ने समाचार गलत भएको माओबादी जिल्ला समन्वय समिति प्यूठानका संयोजक पित बहादुर एमसीले बताएका छन् । उनले संघीय तर्फको उमेदवारमा केन्द्रिय राजनीतिमा जोडिएका जिल्लास्थित प्रभावशाली नेताहरुको नाम केन्द्रमा पठाइएको र यसको मुल्यांकन र निर्णय केन्द्रको हातमा रहेकाले अन्य भ्रममा नपर्न पनि आग्रह गरेका छन । जिल्लामा गठबन्धनमा आबद्ध ५ दलको नै उपस्थिति रहेपनि २ प्रदेश र १ संघीय क्षेत्रमा नेपाली कांग्रेस, माओबादी र जनमोर्चाले १ –१ सिट पाउने प्रायः निश्चित देखिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top