शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

रोल्पाको माडी गाउँपालिकामा एक दम्पतीकाे हत्या


unn.prixa.net

रोल्पाको माडी गाउँपालिका ३ तालाबाङमा एक दम्पतीको हत्या भएको छ । रोल्पाकै परिवर्तन गाउँपालिका २ घर भइ तालाबाङमा बस्दै आएका २७ वर्षीय दुर्गाबहादुर पुन र उहाँकी श्रीमती ३७ वर्षीया पार्वतीकाे हत्या भएको हो ।

भदौ १४ गते तीजको दिन राति हत्या भए पनि १५ गते दिउँसो स्थानीयवासीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयवासीले खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद घिमिरे र इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

मृतककाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा लगिएको छ । हत्याको कारण खुलेको छैन । श्रीमतीको माइतीघर खोटाङ भएको र केही वर्षअघि काठमाण्डौ इँटाभट्टामा काम गर्न जाँदा उनीहरूले विवाह गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top