प्यूठान, ५ दलीय गठबन्धन दल र एमालेको बीचको प्रतिष्पर्धाले गठबन्धनले प्रभावशाली उमेदवारको खोजीको बिषयमा चर्चा चुलिरहेकै बेला शिर्ष नेताहरु सहमति नजिक पुगेको रहष्य बाहिर आएको छ । प्यूठानमा नेकपा माओबादी केन्द्रको चुनाव चिन्ह लिएर बामदेव गौतमले चुनाव लडने इच्छा अर्कोतिर राष्ट्रिय जनमोर्चाले बामदेब गौतमलाई दिन सहमत नभएको सन्दर्भमा संघ तर्फबाट माओबादी केन्द्रका प्रभावशाली ब्यक्तित्व लीलामणी पोखरेललाई उतार्ने बिषयले अहिले बजारमा एकाएक चर्चा पाएको छ । माओबादी उच्च स्रोतले दिएको जानकारी अनुसार अव प्यूठानमा लीलामणी पोखरेल लड्ने प्रायः निश्चित भइसकेको र प्रदेश तर्फ कांग्रेस र राजमो बीच भागबण्डा मिलाउने गरी प्रक्रिया मिलाउन नेताहरु गृहकार्यमा जुटेका छन् । राजमोबाट बोम बहादुर खत्री र कांग्रेसबाट रोज राणा, शालिकराम पण्डित र हुकुम बहादुर बिष्ट मध्येबाट एक जना आउने संभावना रहेको स्रोतको भनाई छ । राष्ट्रिय जनमोर्चाले प्यूठानबाटै चुनाव लड्ने अडान राखेको भएपनि राजमोको पछिल्लो स्थिति हेर्दा जित्न असहज हुने भएकाले राजमोलाई दिनु भनेको एमालेलाई फाइदा पुग्ने बिश्लेषण गठबन्धनभित्रका दलहरुको छ । यो निष्कर्षका आधारमा अब बामदेवको सांगठनिक अवस्था पनि कमजोर रहेकाले अन्य कांग्रेस माओबादी लगायतका दलहरु उमेदवारको बिकल्पको खोजीमा माओबादी हेडक्वाटरले लीलामणि पोखरेललाई प्यूठानबाटै उठाउने गरी तयारी थालेको हो ।
यता संघीय सांसदको टिकटका लागि बलिया दावेदार पूर्व योजना आयोगका उपाध्यक्ष समेत रहेको डा. गोबिन्द पोख्रेलले पनि आफनो पहल बढाएका थिए । यद्यपी उनको प्रयास घटेको छैन । उनले शीर्ष नेताहरु भेटघाट जारी राखेका छन् । उनीे जिल्लामा प्रभावशाली नेताको रुपमा चिनिन्छन् तर कांग्रेसकै एक खेमाले पोख्रेलको बिपक्षमा प्रचारबाजी गरेकोले उनको संभावना घटेर गएको छ । तर गोबिन्द पोखरेललाई कुनै ठाँउमा ब्यबस्थापन गर्ने बिषयमा छलफल चलिरहेको बुझिन्छ ।
बिगतमा चुनाव जितेको आधारबाट हेर्दा प्यूठान बामपन्थीले जितेको कारणले बामपन्थीको हातमा हुनुपर्ने र बिगतमा जितेको राजमोले यस पटक टिकट लिंदा प्रत्यूत्पादक हुने भएकाले लीलामणी पोखरेल चुनावी मैदानमा भिड्ने भएका हुन् । पोखरेल लामो राजनीतिक पृष्ठभूमि बोकेका प्यूठान खैरा निवासी हुन ।
यस्तै एमाले भित्र भने आन्तरिक रुपमा बिवाद भन्दापनि गठबन्धनलाई कमजोर पार्ने गरी शक्ति केन्द्रित गर्ने कोर्ष चलेको छ । उसले प्रदेश र संघको निर्वाचन जित्ने लक्ष्य सहित कार्यक्रम र गतिविधि बढाउन थालेको छ । प्रतिनिधिसभामा नेकपा एमाले पोलिटब्यूरो सदस्य सूृर्य थापा निर्विकल्प देखिएका छन् भने प्रदेश ‘क’ तथा प्रदेश ‘ख’ मा टुङगो लाग्न बाकी रहेको एमाले स्रोतले बताएको छ ।
कमेन्ट गर्नुहोस !