शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ



श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । झापा गाउँपालिका- ६ स्थित चन्द्रबस्ती निवासी ४० वर्षीय नाइके हस्दाले आफ्नै श्रीमती ३५ वर्षीया तालामोही हस्दालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रबार राती १०:१० मा मादक पदार्थ सेवन गरी आएका हस्दाले श्रीमतीसँग झगडा गर्दै कोखामा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट उनको घटनास्थलमै छटपटिएर मृत्यु भएको थियो । घटनापछि हस्दा फरार भएका थिए ।
उनलाई शनिबार बिहान ८ बजे कचनकवल गाउँपालिका- १ स्थित नेपाल-भारत सीमा नाका नजिकैबाट पक्राउ गरिएको डीएसपी पाठकले बताए । श्रीमान् श्रीमती मजदुरी गरी परिवार पाल्दै आएका थिए । उनीहरूका छोरा हाल वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top