शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

काेराेनाका कारण थप ३ जनाकाे ज्यान गयाे, ४ सय ४४ जनामा सङ्क्रमण



पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । थप तीन जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार नाै सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा चार सय ४४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नाै सय ५४ जनाको नमुना परीक्षण गर्दा चार सय ४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा तीन सय सात जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या चार हजार एक सय ९९ रहेकाे छ ।

यसैबीच थप पाँच हजार पाँच सय ९७ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top