बुधबार, चैत्र ४, २०८२ | Wednesday 18th March 2026

तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेका चार जना बन्दकर्ता पक्राउ


unn.prixa.net

दाङको तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेका चार जना बन्दकर्ता पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले वीरेन्द्र चोकबाट चार जना बन्दकर्तालाई पक्राउ गरेको हाे ।

पक्राउ पर्नेमा जनपत्रकार सङ्गठन दाङका जिल्ला अध्यक्ष हेमन्त प्रकाश वली, युवा सङ्घ नेपालका अध्यक्ष सुदर्शन, उपाध्यक्ष दिपेन्द, मजदुर सङ्घसङ्गठनका नेता सञ्जय रहेका छन् ।

तुलसीपुर बजारमा गाडीको चाबी खोस्दै हिँडेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top