शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

स्थानीयवासीकाे अवराेधकै बीच बञ्चरेडाँडामा १ सय ८८ वटा गाडीकाे फाेहर फ्याँकियाे


unn.prixa.net
स्थानीयवासीको अवरोधकै बीच आज बुधवार बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा एक सय ८८ वटा गाडीका फोहर फ्याँकिएको छ । केही दिनदेखि स्थानीयवासीले अवरोध गरेका कारण प्रहरी परिचालन गरेर काठमाण्डौ उपत्यकाको फोहर ल्यान्डफिल्ड साइटमा फ्याँक्दै आएकोमा आज पनि प्रहरीले अवरोध हटाउँदै फोहर बाेकेका गाडी बञ्चरेडाँडा पुर्‍याएकाे हो ।

आज बञ्चरेडाँडामा सशस्त्र प्रहरी पनि परिचालन भएको छ । फाेहर फ्याँक्ने क्रममा अवराेध गर्ने एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोट लगिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

यसैबीच काठमाण्डौ उपत्यकाको फोहर बञ्चरेडाँडामा लैजाँदा उत्पन्न समस्याबारेमा छलफल गर्न अहिले काठमाण्डौ, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारी तथा सम्बन्धित पालिकाका पदाधिकारीको बैठक बसिरहेको छ । नुवाकोटको ककनीमा छलफल भइरहेको एसपी मैनालीले जानकारी दिनुभयो । बैठकमा काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल सहभागी हुनुहुन्छ ।

यस्तै छलफलमा काठमाण्डाै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, धुनीबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यलगायत जनप्रतिनिधि तथा केही स्थानीयवासी पनि सहभागी छन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top