शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

नर्भिकले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न समिति गठन गर्ने सहमति


unn.prixa.net
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाण्डाै महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटमअनुसार संरचना नभत्काउने भएको हो । आज मङ्गलवार काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरूको निर्देशनअनुसार अगाडि बढ्ने सहमति गर्नुभयो । उहाँले प्राविधिकहरूले दिएको सुझावअनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनुभयो ।

मेयर साहले नियम सबैलाई बराबर हुनुपर्ने बताउनुभयो । उहाँले सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानुन बराबर लाग्ने बताउनुभयो । मेयर शाहले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताउनुभयो । उहाँले अस्पताललाई मन्त्रिपरिषद्ले निर्णय गरेर जग्गा लिजमा दिए पनि महानगरलाई केही फरक नपर्ने तर मन्त्रिपरिषद्ले जग्गा अस्पताललाई दिनुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्णरूपमा पालना गरेको बताउनुभयो । उहाँले अझै अस्पतालसँग सम्झौताअनुसार आठ वर्ष बाँकी रहेको बताउनुभयो । अध्यक्ष सिंहले महानगर र अस्पतालको प्राविधिकहरूको समितिले दिएको सुझावअनुसार अगाडि बढ्ने कुरा भएको सुनाउनुभयाे ।

नर्भिक अस्पतालले आफूले कानुनअनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी आठ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरि घर टहरा बनाएको महानगरको ठहर छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top