बिहिबार, माघ १०, २०८१ | Thursday 23rd January 2025

राप्तीबासी जनताको उज्यालो भविष्य खोज्दै हिंडेका प्रकाश बिष्ट


एक बिश्वप्रख्यात बिद्धान शिव खेडा भन्छनर्, सफल हुनेहरु फरक काम गर्दैनन् केवल फरक ढंगले गर्दछन्’ । लुम्विनी प्रदेशको प्रादेशिक राजधानी जहाँ यतिबेला आधार संरचनाहरुको निर्माण कार्य धमाधम चलिरहेको छ त्यो ठाँउ भनेको राप्ती गाँउपालिका हो । दाङ देउखुरी क्षेत्रमा रहेको उक्त पालिकाका अहिलेका अध्यक्ष हुन् प्रकाश बिष्ट ।
बिगत केही बर्षयता स्थानीय जनताको दुखमा दुख अनि सुखमा सुख जोड्दै हरेक सन्दर्भमा जनसरोकारका बिषयमा सहकार्य गर्दै राजनीतिक भूमिकामा जोडिएका बिष्ट गत बैशाख ३० को स्थानीय निर्वाचनमा राप्ती पालिकाबासी जनताको प्यारो पात्र बने । माओबादी आन्दोलनका माध्यमबाट परिबर्तनको मुद्धा बोकेर हिडेका बिष्टले अहिले राप्तीबासी जनताको उज्यालो भबिष्यको लागि फरक ढंगले काम कार्वाही अगाडि बढाउदैछन् । बिहानीले दिउसोको संकेत गर्दछ भनेझै उनको प्रारम्भिक चरणमै देखिएका प्रयासहरुले पालिकावासी जनतामा आशा जगाएको छ, नयाँ खुशी पलाएको छ ।

No description available.

हुन त भनिन्छ सफल हुन २ चिज चाहिन्छ त्यो भनेको काम र ज्ञान हो । हामीकहाँ धेरैमा ज्ञान अनुसारको काम भएन, कसैमा काम अनुसारको ज्ञान भएन, कसैले काम लाग्ने ज्ञान लिएन अर्कोले ज्ञानलाई काममा लगाएन । अधिकांश राजनीतिक नेतृत्व फेल हुने कारण यी नै हुन । तर प्रकाश बिष्ट नाम अनुसारको काम संगसंगै सैद्धान्तिक ज्ञानको दख्खल भएको ब्यक्तिको रुपमा आम बुझाई हुन थालेको छ ।
बिसं २०३८ साल फागुन १३ गतेका दिन बुवा तुकमान सिं र आमा धनादेवीको कोखबाट जन्मेका २ भाई र ४ बहिनी गरी ६ सन्तान मध्य्ेका एक सुपुत्र हुन् प्रकाश । २०४८ सालतिर पहाडि जिल्ला प्यूठानको दाखाक्वाडीमा बुवाको कृषि पेशाबाट जिबिकोपार्जन गर्न कठिनाई भई मिठो मसिनो दालभात खान त पाइउला भन्ने आशामा बुवाले देउखुरी बसाई सराई गरेपछि बिष्ट परिवारको स्थायी बसोबास राप्ती गाउँपालिका –८ पिपरीमा रहेको छ । स्वास्थ्य बिषयमा स्नातक बिष्ट एउटा कुशल एवम जनसेवक स्वास्थ्यकर्मीको रुपमा पनि चिनिन्छन् । २०७६ सालदेखि देखिंदै आएको कोरोना भाइरसको महामारीको बेला सयौं बिमारीको ज्यान जोगाउन उनले देखाएको त्याग, जोखिम, समर्पण र साहसबाट पालिकाबासी जनताको हृदयमा गहिरोगरी बिश्वास र आशाको केन्द्र बन्न पुगेका थिए उनी । त्यतिमात्र होइन समाज सेवाबाट उठ्नुपर्छ भन्ने जनपक्षीय दृष्टिकोण अंगालेका बिष्टले अभाव र गरीवीले गर्दा सहारा नपाएका सडकमा भोक, प्यास र ओतन नपाएर छटपटाइरहेका बेसहारा सडक मानवहरुको उद्धारमा नील सागर सेवा आश्रम दाङ जिल्लाको संयोजक देखि अन्य जेसिज, रोटरी कलव लमही, डायलायसिस सेन्टर,कृषि सहकारी लगायतका कैयन संस्थामा कुशलतापूर्वक खेलेको भूमिकाले समाजमा बिश्वास जित्दै र माया पाउदै आँउदा जुन उत्प्रेरणा जाग्यो यसबाट गाउँपालिकाको नेतृत्वमा रहेर जनताको सेवा गर्ने दृढ इच्छाशक्ति उनमा पलाएको देखिन्छ । त्यो पनि उनमा पदलोलुपता होइन उनको कर्म देख्नेहरुले नै उनलाई पालिका अध्यक्षमा आउन प्रेरणा दिएको उनी बताउछन् । परिणामतः गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाण्डौका बालेन शाह, धरानका हर्क राई साम्पाङ, भरतपूरका रेणु दाहाल लगायतका केही उमेदवारहरुले तुलनात्मक रुपमा जुन लोकप्रिय मत पाए त्यसरी नै प्रकाश बिष्ट पनि लुम्विनी प्रदेशका १०९ स्थानीय तह मध्ये एउटा जनबिश्वास जितेको र जनताको सपना पुरा गर्ने संकल्प बोकेको आम बुझाइले लोकप्रिय मत सहित पालिकाको अध्यक्षमा आइपुगे । साँच्चिकै हेर्दा जनताको पक्षमा उनमा देखिएको इमान्दार र जिम्मेवार भूमिका प्रदर्शनले पालिकाबासीमा गतिलो नेतृत्व पाएकोमा गर्व छ ।

तीब्र प्रतिष्पर्धाबाट आफ्नो शान मात्र होइन आफूले आस्था राख्ने माओबादी केन्द्रको नाम राख्न समेत सफल प्रकाश बिष्टको यो पहिलो निर्वाचन अनुभूति हो । शानदार मत सहित चुनाव जिते पछिको पहिलो अनुभूति के रह्यो भन्ने जिज्ञासामा उनी भन्छन्र्् हिजो कसैलाई भन्ने ठाँउमा थिएँ अहिले सुन्ने ठाँउमा छुँ । असली सेवक हुनुपर्छ भन्ने लागेको छ ।निर्वाचन प्रचार प्रसार र घरदैलो अभियानको बेला बोलेको कुरा कार्यान्वयनमा ल्याउन जिम्मेवारी थपिएको महशुस भएको छ’ । प्रादेशिक राजधानी समेत भएका कारणले बिकासको नयाँ मोडेल पस्कने गरी बिकास प्रक्रियामा जुट्नु पर्ने आबश्यकता गहिरोगरी हृदयङगम गरेका छन् । प्रारम्भमा आधारभूत बर्गको जीवनस्तरमा परिबर्तन ल्याउन गर्नुपर्ने कार्यलाई प्राथमिकतामा राखेका छन् उनले । यसमा बिशेषत ः आम नागरिकका छोराछोरीलाई गुणस्तरीय तथा सीपमूलक शिक्षामा जोडदिंदै पढ्दै कमाउदै गर्ने योजना ल्याउने र गरीव बर्गका कुनै पनि छोराछोरीलाई आर्थिक अभावले पढ्न पाइन भन्ने अवस्था सृजना हुन नदिने पहिलो धोको रहेको बताएका छन् । यसैगरी स्वास्थ्य क्षेत्रमा प्राइभेट किलनिकहरुको ढोका ढक्ढकाउने परिपाटीको अन्त्य गरी स्वास्थ्य सेवामा बिपन्न बर्गको सर्वसुलभ पहँच पुरयाउने कार्यक्रम अन्र्तगत भालुवाङ र सिसनियामा रहेका अस्पतालहरुलाई स्तरोन्नती गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच पुरयाउने मुख्य लक्ष्य रहेको छ ।
यसैगरी उत्पादनमा जोडदिई बेरोजगारी अन्त्य गर्ने प्रक्रियामा जुटेका बिष्टले कृषि तर्फ देउखुरी क्षेत्रमा प्रशस्त कृषि उत्पादनको संभावना रहेतापनि अझैपनि आलु खुर्शानी बेसार जस्ता बस्तुहरु बाहिरबाट आउने गरेको र आयातमुखी अवस्थालाई निरुत्साहित गरी कृषि उत्पादनमा पकेट क्षेत्रको रुपमा बिकास गर्ने पक्षलाई प्राथमिकतामा राखी उत्पादित बस्तुहरुलाई स्थानीय सरकारले नै संकलन गर्ने र कृषि एमबुुलेन्सका माध्यमबाट बजारीकरण गर्ने कार्यका साथै प्रशस्त मात्रामा हुने दुध उत्पादनलाई प्रशोधिकरण गर्ने कार्यमा तदारुकता थालिसकेका छन् । बेराजगारीका कारणले बिदेशिने युवाहरुको ग्राफ जसरी बढ्दो छ यो युवा समुहलाई उत्पादनशील कार्यमा परिचालन गर्ने तर्फ ध्यान दिन सक्ने हो भने यो क्रमलाई रोक्न सकिन्छ भन्ने उनको ठम्याई छ । यसका लागि स्थानीय बित्तिय संस्थासंग समन्वय गरी सहुलियत क्रण उपलब्ध गराई युवाहरुलाई उत्पादनमा जोड्न उनले संभावनाको खोजीमा जुटेका छन् । प्रादेशिक राजधानीमा सडक यातायात जस्ता पक्षमा उनले चक्रपथ रिङरोडको परिकल्पना गरेका छन्् । आफनो ५ बर्षे कार्यकालमा राप्तीपालिकाभित्र सवै रुटहरुमा कालोपत्रे गर्ने सोंच छ । यसो हुन सक्यो भने यातायातमा सहज पहँच मात्र होइन अनुकुलन बाताबरणीय पक्षमा पनि सहयोग मिल्ने उनको बुझाई छ । संगै राप्ती पालिकालाई हरित क्षेत्र संगै सफा सुन्दर बनाउन पालिकाको नगर क्षेत्रमा देखिने फोहोरलाई मोहोरमा परिणत गर्ने पनि उनको योजना छ । यसैगरी प्रादेशिक राजधानी देउखुरीक्षेत्रलाई समुन्नत बनाउन अधिकतम रुपमा लागि पर्ने र यसका लागि पालिकाको स्रोत पर्याप्त नहुने भएकाले प्रदेश र केन्द्र सरकारको ध्यान जानु पर्नेमा उनको आग्रह छ । सुशासनका लागि इमान्दारिता र पारदर्शिताको खाँचोलाई गहिरोगरी आत्मसात गरेका बिष्टले बिगतमा भएका कामकार्वाहीका तौरतरीकालाई पनि शुक्ष्म रुपमा अध्ययन गरी रहेका छन् । सेवाग्राहीबाट कुनैपनि गुनासो आउन नदिन तल्लीन भएर लागि परेका छन् । कर्मचारी,जनप्रतिनिधि तथा पालिकास्तरमा रहेका राजनीतिक दल तथा मिडियाकर्मी र आम नागरिक समाजसंग सहकार्य गरेर जानु पर्नेमा उनी जोड दिन्छन् । उनी भन्छन् र्, हामीसंग स्रोत छन, संभावना छन यसका लागि केवल खाँचो मौरी जस्तै एकताबद्ध भएर उत्पादन र बिकास कार्यमा लाग्ने हो दृढ इच्छा शक्ति र कमिला जस्तै भएर आबश्यकता पुरा गर्न एकताबद्ध भएर संस्थागत रुपमा लाग्ने संकल्पको खाँचो छ’ ।

No description available.

पालिकाको पर्पटी कलिलो उमेरमै परिपक्व राजनीतिक छवी प्रस्तुत गर्न सफल प्रकाशको राजनीतिक पृष्ठभुमि केलाउने हो भने उनले २०५८ सालमा माओबादी केन्द्को पार्टी सदस्यता लिएका थिए । मिडियामैत्री स्वभावका उनी माओबादीले संचालन गरेको १० बर्षे जनयुद्धकालताका मिसन पत्रकारिताको भावले प्रकाशित हुने जनदिशा, जनादेश दाङबाट प्रकाशित हुने नौलो जनउभार लगायताका पत्रिकाहरु तत्कालीन शासकको नजरले नदेख्ने गरी अध्ययन गर्दै जाँदा एउटा नयाँ दृष्टिकोण उत्पन्न भई माओबादी आन्दोलनमा आबद्ध भएको बताउछन् । पत्रिका अध्ययन नै राजनीति क्षेत्रमा प्रबेश गर्ने प्रेरणाको आधार रहेको बताउने उनी त्यसपछाडि २०५९ मा देउखुरी एरिया समितिमा संगठित भए । त्यसपछि ०६४ सालको संभबिधानसभा निर्वाचनको समयको सेरोफेरोमा माओबादीको जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा पुगे । पछि पार्टीमा सैद्धान्तिक मतभेदका कारण २०६९ मोहन बैद्य समुह अलग्एिको बेला उनी मोहनबैद्य समुहमै रहेर काम गरे तापनि समयले माओबादी आन्दोलनलाई पुर्नसंगठित गर्नुपर्ने अपरिहार्यता महशुस गरी देवेन्द पौडेल, पम्फा भूसाल र दाङका प्रभावशाली नेता इन्दजीत थारु संगै उनी पनि प्रचण्डले नेतृत्व गरेको माओबादीधारमा जोडिए र आफ्नो भूमिकालाई बलियो गरी उभ्याउदै लगे । हाल पार्टीको राप्ती गाउँ कमिटी सदस्य र अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी लुम्विनी प्रदेश कमिटीको सदस्यको जिम्मेवारीमा रहेका छन् ।
०७२ साल यता थाइलैण्ड त्यसपछाडि भारत लगायतका मुलकमा भ्रमण गरेर उनले त्यहाँको सडक तथा अन्य पुर्वाधार बिकास र पर्यटन भित्र्याउने योजना देख्दा आफू निकै प्रभावित भएको र नेपालमा राजनीतिक नेतृत्व गर्नेहरुले यसको सिको गर्नु पर्नेमा जोड दिन्छन् । स्वास्थ्यसेवामा उल्लेखनीय भूमिका प्रदर्शन गरेर राजनीतिक नेतृत्वमा आएका बिष्ट गैरसरकारी संस्था जेसिज, घोराही उपमाहानगर पालिका लगायतका निकायबाट सम्मनित समेत भएका छन् ।
०६१ सालमा दाङबाट मन्जु कार्की संग बैवाहिक जीवनमा बाँधिएका बिष्टका १ छोरा र १ छोरी छन् । गरीवीले थलिएको बिगतको त्यो पारिबारीक अवस्था स्कुले जीवनमा पढ्ने कापी कलमको जोहो गर्न पनि स्रोत नुहँदा आफूले भोग्न परेका कठिनाइलाई उनले जीवनका अत्यन्तै दखद क्षणको रुपमा लिन्छन् । अन्ततः गरीवीसंग संघर्ष गर्दै बढेका मेघावी प्रतिभा प्रकाश बिष्ट बिगतको आलोकबाट हेर्दा अहिले भने खुशी छन् । उनी भन्छनर्् इमान्दारिता, लगनशीलता र साथी कमाएको छुँ जनताले अनुभूत हुनेगरी सेवा गरेरै जनबिश्वासका साथ यो स्थानमा आएको हुँ जनताले म प्रति गरेको आशा भरोसालाई कदापी टुट्न दिने छैन’ । आगामी जीवन राजनीतिमा सुम्पने निर्णयमा पुगेका बिष्टले बर्तमान केन्द्यि राजनीतिमा पुष्पकमल दाहाल प्रचण्ड को डायनामिक लिडरसीप ( गतिशील नेतृत्व) र देनका दृष्टिले मदन भण्डारी र बिपी कोइरालालाई अमुल्य निधिका रुपमा लिन्छन् ।
निरन्तरताले नै कुनैपनि कार्यलाई पूर्णतातर्फ डोरयाउने गर्दछ भन्ने तर्कमा बिश्वास राख्ने प्रकाशमा अधिकांश मानिसले गन्तब्य छुनै लाग्दा मैदान छाड्ने गर्दछन् जित्नेले कहिल्यै मैदान छाड्दैनन् र मैदान छाड्नेहरु कहिल्यै बिजयी बन्न सक्दैनन् । बास्तवमा मैदान छाड्नु भनेको निरन्तरता दिन नसक्नु हो । मैदान नछाड्ने भनेको हरतरहले कार्यमा निरन्तरतामा लागि पर्नु हो । हो प्रकाश पनि यसरी नै आफ्नो कर्ममा निरन्तर लागिरहेको छन् । मुलुकमा कतिपय जनप्रतिनिधिले केही जनमुखी खाले निर्णय गरेर सस्तो लोकप्रियता लिन खोज्ने तर कार्यान्वयन नगर्ने ब्यवहारको घोर बिरोधि हुन उनी । उनले पालिका अध्यक्ष बनेपछि आफूले पाउने पारिश्रमिक समेत गरीव दुखीको लागि नै खर्चेका छन्, बिरामी भएर आएका जो संग उपचार गर्ने स्रोत छैन ती बिपन्नहरुलाई नै दिने गरेका छन् । ५ बर्षको कार्यकाल सम्म तलवी सेवा सुबिधा समेत नलिने संकल्प गरेका छन् । आफूले पाउने तलवलाई कुनै कोष मार्फत संकलन गरी पछि परिणाम देखिनेगरी कुनै क्षेत्रमा लगाउने उनको सोंच छ ।
यसरी उनी अहिले राप्तीबासी जनताको लागि उज्यालो भबिष्यको खोजीमा छन् । उनी संगको संक्षिप्त संबादमा जाँदाजाँदै भनेका छनर्् जनताको मुहारमा खुशी जगाउनु छ । राप्तीको बिकासमा दिगो योजना सहित नयाँ स्वरुप प्रदान गर्नु छ । यसका लागि म अन्तिम घडी सम्म समर्पित भएर लागि पर्नेछु ’। प्रस्तुती ः सुशील पोखरेल

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top