मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

कलिलै उमेरमा राजनीतिक सफलताको उचाइमा ः बिष्ण्ुा गिरी



नेपालीमा उखान छ निरन्तर अभ्यास नै सफलताको कडी हो । प्यूठानको समकालीन राजनीतिमा कलिलै उमेरमा मुलुकको प्रमुख राजनीतिक पार्टी नेपाली कांग्रेस प्यूठानको नेतृत्वमा पुगेका युवा ब्यक्तित्वको नाम हो बिष्ण्ुा कुमार गिरी । २०७२ सालको संबिधानले ब्यबस्था गरेको ३ तहको शासकीय मोडालिटी अन्र्तगत कायम भएको अधिकार सम्पन्न स्थानीय तह अन्र्तगत जिल्लाको सुदुर उत्तरी भेग गौमुखी गाउँपालिकामा २ कार्यकाल अर्थात १० बर्ष सम्म नेतृत्व गर्ने अवसर पाएका गिरी अहिले गौमुखीबासी जनताको सेवामै रमाएका छन ।
२०५२ सालमा महेन्द्र माबि पुँजामा अध्ययन गर्दा भएको रेडक्रस निर्वाचनको क्रममा नेबि संघको तर्फबाट प्रतिनिधित्व गरी सहसचिबमा निर्वाचित हुनु जीवनको पहिलो चुनावी अनुभूति थियो गिरीको । यसैगरी पुनः २०५५ सालमा गौमुखी माबि ठूलाबेशीमा जुुनियर रेडक्रसको अध्यक्षमा निर्वाचित भएपश्चात राजनीतिक यात्रा प्रवेशको पहिलो खुडकिलो बन्न पुगेको देखिन्छ । सहपाठी टुकलाल न्यौपाने, बसन्तलाल न्यौपाने लगायतका साथीहरुको प्रेरणा र संगतले कांग्रेस राजनीतिमा आउन बातावरण मिलेको बताउने गिरी बिद्यार्थी आन्दोलनबाट खारिदै पार्टी भूमिकाको जिल्ला सभापति सम्मको जिम्मेवारीमा आइपुगेका हुन ।
२०५७ सालमा उच्च शिक्षाका लागि स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा प्रबिणता प्रमाणपत्र तह अध्ययनको शिलशिलामा सोही बर्षको फागुन महिनामा सम्पन्न स्वबियू निर्वाचनमा सदस्यमा निर्वाचित हुनु त्यसैगरी ०६२ सालमा स्वर्गद्धारी बहुमुखी क्याम्पसमा उपसभापतिमा समेत निर्वाचित हुने अवसरले क्रमशः राजनीतिक भूमिका सक्रिय बन्दै गएको पाइन्छ । ०६२ सालमा नेबि संघ प्यूठानको उपाध्यक्ष अनि ०६४ सालमा नेबि संघ प्यूठानको अध्यक्षको जिम्मेवारीबाट क्रमश ः उठ्दै पार्टी भूमिकामा प्रवेश गर्नु भएका गिरीको राजनीतिक यात्रा त्यस पछाडि ०६७ मा नेपाली कांगे्रस प्यूठानको २ नं क्षेत्रीय सभापति, २०७२ मा महासमिति सदस्य, ०७३ मा कांग्रेस जिल्ला पार्टी सचिब हुँदै ०७४ पहिलो पटक सम्पन्न स्थानीय तह निर्वाचनमा गोमुखी गाउँपालिकाबाट अध्यक्षमा निर्वाचन हुने अवसर मिलेको थियो । यता संगसंगै ०७५ मा गाउँपालिका राष्टिय महासंघ लुम्विनी प्रदेश सचिबको भूमिकाबाट उठ्दै ०७८ पौषमा सम्पन्न १२ औं प्यूठान जिल्ला अधिबेशनबाट नेपाली कांग्रेस प्यूठानको सभापतिमा निर्वाचित हुन सफल गिरी पुनः दोस्रो पटक ०७९ बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनबाट गौमुखी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।
भद्रपन, सरल स्वभाव र मिठो बोलीको प्रस्तुतीमा देखिने बिशेषता भएका कांग्रेसका युवा नेता गिरी राजनीतिमा जुन दिनदेखि जोडिए त्यसै दिनदेखि निरन्तर सफलताको मार्गमा सिढी चढ्दै गएको देखिन्छ । राजनीतिक आन्दोलनमा देखिने उतारचढाव एवम पार्टीमा देखिएका बिग्रह बिवाद र कतिपय चुनावमा पार्टीका आकार खुम्ंिचदा वा फूक्दा उनी कहिले पनि नत बिचलित भए नत हौसिए नै । सदैव पार्टीको सिद्धान्त र बिचारप्रति एकढंगले निष्ठापूर्वक लागिरहे । बिद्यार्थी संगठनमा आबद्ध हुदाँका ती प्रारम्भिक कालमा पत्रकारिताको मोह पनि उनमा रहेको पाइन्छ । नेपाल पत्रकार महासंघ प्यूठान शाखाका सभापति स्व.सूर्य बिकको प्रेरणाले पत्रकारितामा लागेको बताउने गिरीले प्यूठान समाचार र बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिकमा समाचारदाताको भूमिकामा मात्र जोडिएनन् की प्यूठान नगर क्षेत्रमा बितरकको भोगाई कस्तो हुन्छ भन्ने अनुभव पनि संगालेका छन् । २०६२ सालमा नेपाल पत्रकार महासंघ प्यूठान शाखाको सदस्यता समेत प्राप्त गरेका गिरीले जव २०६४ सालमा नेबिसंघ प्यूठानको नेतृत्व सम्हाल्न पुगे तव उनले जीवन राजनीतिमा होम्ने संकल्प गरे । तत् पश्चात स्वेच्छिक रुपमा पत्रकारिता र पत्रकार महासंघको सदस्यता त्यागेर इमान्दार राजनीतिक कार्यकर्ताको परिचय दिएका थिए ।No photo description available.
रोजगारीका अवसर सृजना गरी जनताको जीवनस्तर उठाउने, अर्गानिक खेती प्रणालीलाई थप ब्यबस्थित गरी उत्पादित बस्तुको मूल्य निर्धारण गर्ने र उत्पादनलाई बजारसम्म पुरयाउने साथै बन पैदावर तथा सीपमूलक कार्यमा प्रोत्साहन गर्ने, यसका साथै यातायात शिक्षा पर्यटन लगायतका क्षेत्रमा नयाँ मोडल प्रस्तुत गर्ने परिकल्पना सहित उनले दोस्रो पटक पालिकाको नेतृत्व सम्हालेका छन् । ०७४ सालमा नेपाली कांग्रेसबाट एकल रुपमा र ०७९ सालमा माओबादीकेन्द्र संगको तालमेलबाट अध्यक्षमा निर्वाचित भएका गिरीले एउटै पदमा २ पटक दोहोरिनु उपयुक्त नहुँदो रहेछ भन्ने आफ्नै अनुभवले पुष्टि गरेको बताउछन् । त्यसो त उनले अघिल्लो कार्यकालमा जनताको पक्षमा नै समर्पित भएर गरिएका कैयन गतिला उदाहरण छन् । अघिल्लो कार्यकालको कार्यकुशलताले नै उनलाई पार्टी र पालिकाबासी जनताले बिश्वास गरी पुनः यो जिम्मेवारी दिएका हुन । उनले खेलेका केही उल्लेख्य गतिबिधि हेर्दा प्यूठानमा प्रारम्भमै अन्य पालिकाले प्रयास थाल्नु अगावै सुरक्षित नागरिक आवास कार्यक्रमलाई थालनी गरी हालपनि निरन्तता दिंदै अहिले सम्म ५ हजारको हाराहारीमा टिनको छाना ब्यबस्थापन गर्न सफल भएका छन् । पालिका क्षेत्रमा सडक संजाल बिस्तार, कृषि र पशुपालनका क्षेत्रमा अनुदानका साथै प्रबिधि हस्तान्तरण जस्ता पक्षमा पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । यससंगै स्वास्थ्य सेवामा गुणस्तरीयता ल्याउन एमबिबिएस प्रमाणपत्र प्राप्त स्वास्थ्यकर्मी, गौमुखी पर्यटकीय गन्तब्यलाई प्रबद्र्धनात्मक रुपदिन पत्रकार महासंघ संगको सहकार्यमा गौमुखी मिडिया सम्मेलन, अपांगलाई खुट्टा बितरण ५० बर्ष भन्दा माथीका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्तामा प्रोत्साहन, शिक्षा क्षेत्रमा पालिका स्रो्तबाट ७० जना अपुग दरबन्दी ब्यबस्थापन, पालिका स्तरीय शिक्षा ऐन र नियमावली बनाएर जेष्ठताको आधारमा प्रधानाध्यापक नियुक्त गर्ने ब्यबस्था, खानेपानीको क्षेत्रमा एक घर एक धारा, कटुवाललाई मोवाइल बितरण जस्ता कार्य अधिल्लो कार्यकालका केही दृष्टान्त हुन् । यसरी नै चालु कार्यकालमा बिकासका बिभिन्न आयाम र संभावनालाई पक्रदै जनतामा परिबर्तनको अनुभूति दिलाउन दृढतापूर्वक लाग्ने उनमा संकल्प र धोको छ । कृषि, शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकता हाम्रो सवै स्वस्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो भन्ने नारा सहितको नीति तथा कार्यक्रम लिएर जनताको सेवामा होमिइसकेका छन् ।
२०३८ साल पौष ८ गतेका दिन बुवा डाले गिरी र आमा नमादेवीको कोखबाट गौमुखी–४ पुँजामा जन्मेका २ भाइ मध्येका कान्छा छोरा गिरी शैक्षिक योग्यतामा स्नातक छन् । कलिलै उमेरदेखि राजनीतिका माध्यमबाट मानव सेवा गर्ने जीवन लक्ष्य बोकेका उनले भारतको नयाँ दिल्ली तथा चीनको बेइजिङसम्म भ्रमण गरेर केही अनुभव पनि संगालेका छन् । जिल्लामा कैयन अनुभवी र उमेरले पाकेका राजनीतिकर्मीलाई उछिन्दै कलिलै उमेरमा अठिंलो एवम जिम्मेवार नेताको रुपमा परिचय दिन सफल छन् । स्वभाविक रुपमा यो स्थानमा आउन र ल्याउनमा प्रेरणा र सहयोगी भूमिका खेल्ने मुख्यतः जिल्लास्तरका नेताहरुमा अमर भण्डारी, सुवास केसी, खिमानसिंह रायमाझी, शिव रिजाल र केन्द्रमा गगन थापालाई मानसपटलमा राखेका छन् । २०५७ साल चैत्र १३ गतेका दिन सीता केसीसंग बैवाहिक जीवनमा बाँधिएका गिरीका २ छोरी छन् । निरन्तर राजनीतिक आन्दोलनमा खटिने प्रक्रियामा जोडिंदै आउँदा पारिवारिक जीवनमा भने असहजताको गहिरो पीडा र भोगाई ब्यवहोर्नु परेको पनि उनी बताउछन् ।
प्यूठानको समकालीन राजनीतिक फिगरमा कलिलै उमेमा मुलुकको प्रमुख हैसियत राख्दै आएको पार्टी नेपाली कांग्रेस प्यूठानको सभापतिमा जिम्मेवारी सम्हाल्न सफल गिरी सकारात्मक र समर्पित सोंचका साथ एउटै कर्ममा लाग्ने हो भने त्यो मार्गमा सफलता छ भन्ने कुराको गतिलो उदाहरण हुन ।
प्रस्तुती ः सुशील पोखरेल

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top