मङ्लबार, कार्तिक ४, २०८३ | Tuesday 20th October 2026

समाजसेवामा समर्पित प्रेरणादायी ब्यक्तित्व : केशब कर्माचार्य




जिल्लाको सामाजिक क्षेत्रमा रहेर उदाहरणीय परिचय दिन सफल ब्यक्तित्वको नाम हो केशव कर्माचार्य । पारिबारीक स्वार्थ भन्दा माथी उठेर सदैव स्थानीय सामाजिक भूमिकामा समर्पित रहदै आउनु भएका केशव कर्माचार्य पेशाका दृष्टिले कपडा ब्यवसायी हुनुहुन्छ तथापी विजुवार बजारमा नेवारी समुदायको भीडबाट उठेर सामाजिक क्रियाकलापमा जोडिंदै एउटा नबिर्सिदो इतिहास बोकेको ब्यक्तित्व हुन कर्माचार्य । नजिकबाट चिन्नेहरुका लागि केशब कर्माचार्य परिचय दिईरहनु पर्ने नाम पक्कै होइन । सामाजिक तथा राजनीतिक चेतनाले ओतप्रोत कर्माचार्यमा उमेरले उर्तराद्र्धतिर लगेपनि अहिले पनि सामाजिक क्षेत्रमा केही न केही गर्न पाए हुन्थ्यो भन्ने भूट्भूटी छ ।

लगभग ७० मा टेक्नु भएका कर्माचार्यमा अहिलेपनि सामजिक भूमिकामा भने अहिले पनि क्रियाशीलता र जांँगर भने जवानी उमेर जस्तै छ । त्यसो त “नजिकको तीर्थ हेला” भने झै चिन्नु पर्ने समाजसेवी मान्छेले मात्र उहाँको मूल्याँकन गर्नेछ अझ नजिकका इश्र्या गर्नेहरुको भीड पनि कम पनि छैन उहाँका लागि । । प्यूठान जिल्लाको विकास निर्माण तथा गाउँ समाज र देशहितको कामसंग जहाँकतै केशब कर्माचार्यको नाम नजोडिएको होइन तर यो स्वार्थ र पहुचको राजनीति गर्ने सोंच र संस्कारको बिकासले कर्माचार्यको योगदानको प्रचारात्मक गतिबिधि कमजोर जस्तो देखिन्छ । बौद्दिक बर्गहरुको भनाईमा –“राजनीतिक काम र सामाजिक काममा अलि भिन्न छ ।” म भन्ने गर्छु “सामाजिक काम नै राजनीतिक काम हो, राजनीतिक काम नै सामाजिक काम हो ।” किनभने जहाँँ राजनीति हुन्छ त्यहाँ सामाजिक काम हुन्छ । जहाँ सामाजिक काम हुन्छ त्यहाँ राजनीति हुन्छ । यो ब्यवहारिक कुरो केशब कर्माचार्यको जीवनमाथि लागु भएको छ । यस्तै गाउँसमाज र देशको विकासमा तल्लिन भएको र जनताका विश्वास जितेर होला उनलाई गाउँसमाजको विकास निर्माण काममा खटाइएको छ भने विभिन्न पदिय दायित्वको पनि जिम्मेवारी दिइएको छ ।
कर्माचार्यको अहिले सम्मको कर्म सर्सती केलाउँदा गाउँसमाजले आपूmलाई जिम्मेवारी दिएको काम इमान्दारीतापूर्वक पुरा गर्दै आउनु भएको छ । उहाँले आफ्नो जीवन कालमा गाउ ँसमाजको लागि गरेका विकास निर्माणका कामहरु उल्लेख्य पाइन्छ । उहाँले गरेको मूख्य–मूख्य कामहरु खोतल्ने हो भने स्वर्गद्धारी बहुमुखी क्याम्पसमा ३९ बर्षदेखि हालसम्म व्यवस्थापन समितिमा रहेर लगातार काम गर्दै आउनु भएको छ उहाँको योगदान र भूमिकाले क्याम्पसले एउटा दिशा पक्रन सफल भएको छ । यसैगरी प्यूठान अस्पतालको लागि पनि व्यवस्थापन समितिमा १९ बर्ष रही काम गरेको अनुभव छ साँच्चिकै भन्ने हो अस्पताल स्थापना र संस्थागत बिकासमा उहाँको योगदानले खेलेको भूमिका भावी पुस्ताको लागि पनि स्मरणीय नै रहनेछ । त्यसैगरी सामाजिक परोपकारी संस्था नेपाल रेडक्र्रस सोसाइटी जिल्ला शाखा प्यूठानमा १ र उपशाखा विजुवारमा २ कार्यकाल रही सेवामूलक कार्यमा उहाँको ठूलो योगदान छ । बृद्दाश्रम तथा अनाथ संंरक्षण मञ्च प्यूठानको संस्थापक तथा बर्तमान सदस्य रहेर त्यसका लागि गर्नुपर्ने भूमिकामा उहाँको उच्च त्याग र समर्पण रहेको छ पेशाले ब्यवसायी भएका कारणले प्यूठान उद्योग बाणिज्य संघको २ कार्यकाल कार्यसमितिमा रही काम गरेका अनुभव पनि उहाँमा छ । उद्योग बाणिज्य संघले गरेका महोत्सव तथा धार्मिक महोत्सव लगायतका कार्यमा उहाँले महत्वपूर्ण योगदान पुरयाउनु भएको छ । यस्तै नेपाल नेत्रज्योति संघ प्यूठान शाखाको बर्तमान सभापतिमा रही आँँखा अस्पताललाई व्यवस्थित, सुद्दृढ बनाउन उत्तिकै प्रयत्नशील रहनु भएको छ यसमा बिशेष गरी प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालको व्यवस्थापन समितिको २ कार्यकाल सदस्य र हाल समितिको अध्यक्षभ रहेर अस्पतालको लागि त अहोरात्र खटिने मात्र होइन अस्पतालको लागि त आँखा नै देखाउनु भएको छ । यसमा अस्पतालको भौतिक सुधार साथै मासिक रुपमा हुने आँखाको मोती विन्दुको अप्रेशनमा उहाँको योगदान रहेको छ रहदै आएको छ । । जिल्लाको धार्मिक प्राचीन धरोहरको रुपमा रहेको कालिका मन्दिरको पुनःनिर्माण तथा व्यवस्थापनको लागि १२ बर्षदेखि समिति अध्यक्षमा रही काम गर्दै अहिले मन्दिरको कायापलट गर्न उहाँ सक्रियतापूर्वक खटिनु भएको छ । यसरी हेर्दा कर्माचार्य प्यूठानबासीको लागि उदाहरणीय सामाजिक कार्यकर्ताको परिचय दिन सफल हुनभएको छ ।
गाउँ समाजको कामबाट प्रभावित भएर होला विभिन्न संघ संस्था र प्रबुद्द बर्गहरुबाट उहाँ पदक तथा सम्मानले विभुषित हुनु भएको छ । . २०४३ सालमा मध्यपश्चिमा अंचल क्षेत्रको वृक्षारोपन अभियानमा उत्कृष्ट सहभागीको रुपमा तत्कालीन रानी ऐश्वर्यबाट स्वर्ण पदक प्राप्त गर्नु भएको थियो यस्तै प्यूठान अस्पताल परिसरमा जनपक्षीय स्तरबाट निर्माण गरिएको प्रसुति गृह निर्माण कार्यमा महत्पूर्ण योगदान गरेकोमा तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र देबकोटाबाट सम्मान–पत्र समेत ग्रहण गर्नु भएको थियो यस्तै . २०६८ जेठमा नेपाल भ्रमण बर्षको अवसरमा स्वर्गद्दारी धाममा आउने भक्तजनको सुुविधाको लागि धर्मशाला निमार्ण गर्ने उद्देष्यले भिङ्ग्रीमा आयोजित बृहत महायज्ञमा विशेष योगदान पु¥याएको कार्यलाई कदर गर्दै उपराष्ट्रपति नन्दकिशोर पुनबाट कदर–पत्र प्राप्त गर्नु भएको थियो ।. २०७३ जेठमा बैंकिङ क्षेत्रमा साना बैंकहरुलाई मर्ज गरी सबल र ठूलो बैंकको रुपमा जनतालाई बैंकिङ सुविधा दिने कार्यमा योगदान गरेकोमा राष्ट्र बैंक गर्भनर चिरन्जीवी नेपालबाट सम्मानित हुनु भएको थियो प्यूठान जिल्लामा उद्योग र व्यापारलाई प्रवर्धन गर्न उद्योग वाणिज्य संघले आयोजना गरेको औद्योगिक मेला व्यवस्थित रुपमा संचालन गरेवापत् तत्कालीन राज्य मन्त्री गिरिबहादुर के.सीबाट स–सम्मान कदर–पत्र यस्तै. २०७६÷१÷२ मा प्यूठान नगरपालिका भवन निर्माणको लागि जग्गा उपलब्ध गराई सहयोग गरेकोमा लुम्विनी प्रदेश मुख्य मन्त्री शंकर पोख्रेलबाट प्रशंसा–पत्र प्रदान समेत पाउनु भएको थियो ।
विदेश भ्रमणः राष्ट्रिय तथा अन्तराष्ट्रिय गोष्ठीहरुमा समेत सहभागी हुने क्रममा दक्षिण पूर्वी देशहरुको थाइलैण्डको –बैंककमा आयोजना भएको ८ दिने “सस्टेवनल डेभलपमेन्ट ईन रुलर एरिया” विषयमा भएको कार्यशाल गोष्ठीमा नेपाली युवाहरुको नेतृत्व गर्दै टोली नेटाको रुपमा खटिनु भएको थियो । त्यस्तै प्यूठान उद्योग वाणिज्य संघको तर्पmबाट दिल्ली भ्रमण कार्यक्रममा दिल्ली व्यापार संघका पदाधिकारीसंग भेटघाट परिचय साथै अन्य व्यापारी गतिविधि सम्बन्धि अनुभव साटासाट गर्ने कार्यक्रममा सहभागी हुनु भएको थियो । उहाँको जीवनमा सबैभन्दा दुःखको क्षण २०५८ साल जेष्ठ १९ गतेको विभत्स राजा विरेन्द्रको वंश नास अर्थात नेपाली जनताको मानस पटलमा कहिले नविर्सने दर्दनाक घटना “राजदरबार हत्यकाण्ड” भएको दिन सम्झनु हुन्छ । त्यसै गरी सुखको क्षण भनेको युवाको तर्पmबाट टोली नेताको रुपमा बैंककमा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा सहभागी भएको दिनलाई स्मरण गर्नु हुँन्छ । खेलमा क्रिकेट मन पराउने कर्माचार्य खानामा दालभात, तरकारी, कपडामा गम्भिर खालको सादा पोशाक मनपर्ने बताउनु हुन्छ ।
राजनीतिक भूमिकाका दृष्टिले राष्टिय प्रजातन्त्र पार्र्टीमा आस्था राख्नु हुन्छ कर्माचार्य । २०४२ सालमा युवक संगठनको जिल्ला सभापति रही राजनीति आरम्भ गर्नु भएका कर्माचार्य अहिले पनि राप्रपाको जिल्ला नेताको रुपमा हुनुहुन्छ तर उहाँ मूख्यत सामाजिक भूमिका नै उहाँको जीवनको मुख्य साध्य हो ।
मुक्ति माबि रातामाटाबाट एसएलसी गरी बनारसबाट प्रविणता प्रमाणपत्र तह अर्थात आइ( ए सम्मको शिक्षा हासिल गर्नु भएका कर्माचार्यबाट सकारात्मक सोच, विचारलाई पछिका युवा पिढीले उहाँबाट पाठ सिक्नु अति आवश्यक छ । मान्छे भएर जन्मेपछि जगत र जीवन चिन्न अति गाह्रो हुँन्छ । जीवन चिन्नको लागि मानिसमा सकारात्मक सोचको विकास हुँनु पर्छ । बौद्दिक बर्गले भने भैm “यहाँ नगरे कहाँ गर्ने ? आज नगरे कहिले गर्ने ?” जस्ता भावनाको विकास भएन भने मानिस ज्युँदो मुर्दा भएर बाँच्छ । ज्युँदो मुर्दा भएर समाजमा बाँच्नुभन्दा नबाँच्नु राम्रो भन्ने सकारात्मक सोचको मनमा विकास भएन भने मानिस सिधैपछि पर्छ । कर्माचार्यको जीवन कहानी खोतल्ने हो भने यिनै र यस्तै प्रश्नहरुको जवाफ पाउँन सकिन्छ । सिधा र सरलताका धनी कर्माचार्यले बाँँचुन्जेल भरी सामाजिक सेवामा तल्लिन रहने बताउनु हुँन्छ । यस्ता समाजका उज्याला मान्छेहरु सयौं बर्ष बाँचिरहुन् ! आउने पछिका पिढीको लागि आदर्शको पात्र बनुन् ! यही हाम्रो कामना !!
बि.स. २००९ साल कार्तिक २५ गते बुबा दुर्गाप्रसाद कर्माचार्य, आमा डिलाकुमारी कर्माचार्यको कोखबाट जन्मनु भएका कर्माचार्य सानै उमेरदेखि सामाजिक भावनाले ओतप्रोत व्यक्ति हुनु हुन्छ । प्यूठान नगरपालिका वडा नम्बर–४ मा स्थायी बसोबास र अस्थायी बसोवास मिलनचौक बुटवलमा समेत आवास निर्माण गरी जविन यापन गर्दे आउनु भएका कर्माचार्य २३ बर्षको उमेरमा २०३० साल आषाढ १ गते मायादेवी कर्माचार्यसंग विवाह बन्धनमा बाँधिनु भएको हो । कर्माचार्यका चारछोरा र एक छोरी छन् । छोराहरु र छोरीलाई “कालो अक्षर भैसी बराबर” भन्ने नेपाली उखानको चरितार्थ लागु गराउनु भएको छैन । सबैलाई मनग्गे पढाउनुु भएको छ । त्यसमध्धे जेठा छोरा प्रदिप कर्माचार्य (ब्याँचलर), माहिलो छोरा (एस.एल.सी.), साहिलो छोरा डा.सुधिर कर्माचार्य (बाँथरोग विशेषज्ञ, काठमाण्डौं), कान्छो प्र्रमोद कर्माचार्य (ब्याँचलर), छोरी एकमात्र भावना कर्माचार्य (आई.ए.) रहेका छन् । प्रस्तुती ः लीला पुन

 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top