शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

नेता श्रेष्ठद्वारा विपन्न परिवारका विध्यार्थीलाई शैक्षिक सामाग्री सहयोग


प्युठान,१८ भदौ ।

अनेरास्ववियुका केन्द्रीय सदस्य तथा युवानेता सुमनराज श्रेष्ठले विपन्न विध्यार्थिहरुलाई शैक्षिक सामाग्री सहयोग गरेका छन् ।
माण्डवी गाउँपालीका वडा नं ३ नयाँगाउँ निवासी एकराज अधिकारी र रेश्मा अधिकारीका ३ सन्तानका लागि उनले शैक्षिक सामाग्री सहयोग गरेका हुन् । कक्षा ९, ६ र २ मा अध्ययनरत वालवालिकाका लागि आवश्यक स्कुल झोला, कापि, कलम र पेन्सिल सहयोग गरेका हुन् ।
आर्थिक समस्याका कारण पठनपाठनमा समस्या भएका विद्यार्थीहरुलाई आर्थिक अभावकै कारणले पठनपाठन छोडने वाध्यता नहोस भन्ने उदेश्यले आफुले सहयोग गरेको यूवा नेता श्रेष्ठले बताए । उनले आगामी दिनमा अध्ययनका लागि समेत सहयोगको प्रतिवद्धता जनाउनु भएका छन् ।
नेकपा माण्डवी गाउँ कमिटी अध्यक्ष नवराज अधिकारी, युवा संघ नेपाल प्यसठानका संयोजक सुरज रोका, अनेरास्ववियु प्युठानका संयोजक जाल व केसी लगायतको उपस्थितीमा उनले सहयोग हस्तान्तरण गरेका हुन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top