शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

झिमरुक गाउँपालिकाको कार्यालय शिल


प्रेमबहादुर विश्वकर्मा
प्युठान, ५ भदौ ।
झिमरुक गाउँपालिकामा कार्यरत दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि झिमरुक गाउँपालिकाको कार्यालय शिल गरिएको छ । संक्रमित कर्मचारीहरुको प्रत्यक्ष सम्पर्कमा आएका अन्य कर्मचारीहरु र अन्य व्यक्तिहरुको स्वाव संकलन गर्नुका साथै पालिका क्षेत्रभित्र संक्रमण दर थप फैलिन नदिन विहिवार राती १२ बजेदेखी पूर्ण रुपमा शिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताउनुभयो ।
गाउँपालिकाको विहिवार साझ साढे ६ बजे बसेको गाउँपालिका स्तरीय संकट व्यवस्थापन समिति(सिएमसी) को बैठकले अर्को आदेश नहुँदा सम्म गाउँपालिकाको कार्यालय संगै वडा नं ५ को वडा कार्यालय, मच्छी, ढाडा बजार र वडा नं ४ को चुधारा बजार क्षेत्रलाई पूर्ण रुपमा शिल गर्ने निर्णय भएको उहाँले बताउनुभयो । गाउँपालिका बन्द भएपनि गाउँपालिका अन्र्तगतका स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सेवा भने सुचारु रहने गाउँपालिकाले जनाएको छ ।
विहिवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच गर्दा झिमरुक गाउँपालिकामा कार्यरत दुई जना कर्मचारी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top