शुक्रबार, भदौ १९, २०८३ | Friday 4th September 2026

यूवाहरुको सक्रियतामा सड्क स्तरउन्नती


सागर रिजाल
प्युठान । प्युठान नगरपालिका वडा नं ८ का यूवाहरुको सक्रियतामा सड्क स्तरउन्नती गरिएको छ । दुई वर्ष अघि सड्क खनेपनि बिचबिचमा खाल्डा, नाली व्यवस्थित नभएपछि यस क्षेत्रका यूवाहरु मिलेर सड्क स्तरउन्नती गरेको यूवा दिलबहादुर दसौतीले बताउनुभयो । केहि पहिले सड्क डिभिजन कार्यालयबाट काम हुने भन्ने सुनिएता पनि कोरोना भाईरसका कारण काम नभएपछि हामी यूवाहरु नै जुटेर काम गरेका हौँ,उहाँले भन्नुभयो, –‘आवात जावतमा सहजताका लागि काम गरेका हौँ ।’
स्थानिय यूवाहरुले आफुहरु मातहतबाट साधन र श्रोत जुटाई शुभ श्री अग्नि सिमेन्टको जेसिबीको सहयोगमा ७ जना यूवाहरुको सक्रितामा सड्क स्तरउन्नती गरिएको उहाँले बताउनुभयो । शुक्रबार दिउसो करिब ६ घण्टामा फिलिङको काम गरिएको हो । स्थानिय राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सदस्य मुकेश थापा , अनेरास्ववियू पूर्व कोषाध्यक्ष दिल बहादुर दशौदि, व्यवसायी महेश पाण्डे
शिक्षक , शेर बहादुर पाण्डे, माधब केसि लगाएतको सक्रियतामा सड्क स्तरउन्नतीको काम भएको हो ।
धेरै पटक सड्क स्तर उन्नतीका लागि सड्क डिभिजन कार्यालय, प्युठान नगरपालिका र वडा कार्यालयमा भन्दा सुनुवाई नभएपछि हामी यूवाहरु मिलेर सड्क सुर्धान तर्फ अग्रसर भएको राष्ट्रिय यूवा संघ नेपाल केन्द्रीय सदस्य मुकेश थापाले बताउनुभयो । पानी परेको समयमा साना सवारीसाधन र बाईकहरु हिड्नलाई असजिलो हुन्थ्यो, थापाले भन्नुभयो,–‘ सड्क स्तरउन्नती भएपछि अबका दिनमा सवारीसाधन चलाउन सहज हुने विश्वास लिएका छौँ ।’ लकडाउन पूर्व गर्ने योजना भएपनि यहि खाली समयलाई सामाजिक दुरी कायम गरेर काम गरेको उहाँको भनाई छ ।
यूवा हित मन्चको सक्रियतामा सचेतना


प्युठानका नौ वटै स्थानिय तहले कोरोना संक्रमणबाट बच्नका लागि विभिन्न अभियानहरु सञ्चालन गरिरहेको अवस्थामा यूवा हित मन्चले प्युठान नगरपालिका वडा नं २ का बस्तीहरुमा सचेतना फैलाएको छ । प्रहरी बिट क्वाडीकोे अनुरोध र यूवा हित मन्चको सक्रियतामा वडाका विभिन्न बस्तीमा कोरोना संक्रमणबाट बच्नका लागि सचेतना फैलाउने काम भएको मन्चका अध्यक्ष मुक्ति पोख्रेलले बताउनुभयो । उहाँका अनुसार आरनेटा, चितिखोला, झारिवांग, क्वाडी लगाएतका बस्तीमा सचेतनाका कार्यक्रम भएको उहाँले बताउनुभयो । मन्चको सक्रियतामा नगर क्षेत्रका विभिन्न क्षेत्रमा सचेतनाका कार्यक्रम गर्ने अध्यक्ष पोख्रेलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top