
राधिका भुसाल
प्यूठान । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि मुलुकमा विभिन्न पहल कदमी चालिरहँदा अधिकांश नेपालीहरु भारतमा अलपत्र परेका छन् ।
कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गइरहको बेला राज्यले बाह्य मुलुकमा रहेका नेपालीलाई उद्धार गर्ने कुरामा खासै ध्यान नदिएको गुनासो आउन थालेको छ । नागरिकलाई दुख्ख परेको बेला राज्यले अभिभाबकको भुमिका निर्वाह गर्नै पर्ने ऐरावती गाउँपालिका प्यूठानका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले बताए । ‘लक डाउनका कारण भारतका अलपत्र परेका नेपालीहरुलाई राज्यले उद्धार गर्नु पर्छ’ उपाध्यक्ष बस्नेतले भने,–‘दैनिक रुपमा ती नागरिकको समस्या सामाजिक सञ्जालमा आइरहेको बेला आफु एउटा जनप्रनिधि भएर पनि सम्बोधन गर्न नसकिएकोमा चिन्ता लागेको छ ।’ लक डाउनको अर्थ जुन ठाउँमा भइन्छ त्यही ठाउँमा लक भएुर बस्ने हो बस्नेतले भने–‘भोकभोकै, असुरक्षित भएर अलपत्रमा पर्नु होइन ।’ आफ्नो पालिका लगाएत जिल्लाका थुप्रै मान्छेहरुले दैनिक रुपमा आफुलाई उद्धार गर्न आग्रह गर्दा पनि राज्यको मूल नीतिका कारण आफुहरुले उद्धारका लागि कदम चाल्न नसकेको रेडियो नेपालसंगको टेलिफोन संवाद कार्यक्रममा उनले बताए ।
रोजगारीको सिलसिलामा भारतको शहरहरुमा बस्दै आएका आफ्नो पालिका भित्रका विभिन्न नागरिकहरुको गुनासो सुनिरहेको छु यसको बारेमा गाउँ कार्यपालिकामा छलफल गरेर आवश्यक कदम उठाउने उनको भनाई छ । भारतमा धेरै समस्या परेको प्यूठान नगरपालिका ५ स्थायी घरभई राजस्थान नोकरी गर्दै आएका तेजपाल भण्डारीले गुनासो गरेका छन् । लक डाउनको समयावधी बढ्दै जाँदा खान बस्न समस्या परेको उनले दुखेसो पोखेका हुन् । होटल, पसल, चौकीदारी, पार्टीप्यालेस जस्ता ठाउँहरुमा काम गर्ने नेपालीहरु मुख्य समस्यामा परेको उनले बताए । त्यस्तै मल्लरानी गाउँपालिका वडा नं ४ घर भई आमाको उपचार गर्नलाई सह परिवार सहित लखनौ पुगेका केशव नेपाल फर्किन नपाउदाँ धेरै समस्या भइरहेको बताएका छन् । आमाको उपचार सफल नभएपछि प्यूठान फर्किने तयारी गर्दौ गर्दा लक डाउन भएपछि अलपत्र परेको उनले बताए । लखनौंमा थुर्पै कामदार नेपालीहरु अलपत्र परिहेको हुंदा भारत सरकारले नेपालको सिमासम्म पु¥याइदिने व्यवस्था गरेको बताउदैं नेपाल सरकारले पनि समन्वय गरेर तुरुन्तै उद्धार गरेमा आफुहरु भोकै मर्न नपर्ने उनले बताए ।
कमेन्ट गर्नुहोस !