
झइन्द्र भण्डारी
प्यूठान ,चैत ३० ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि राष्ट्र लकडाउन भएपछि सामाजिक सुरक्षा भत्ताको आधारमा जीवन निर्वाह गर्ने बृद्धबृद्धा तथा असहायको दैनिकी निकै कठिन भएको छ । असोज १५ गते बुझेको भत्ता पहिले नै सकियो कसैको त अहिले घरमा छाक बस्ने अवस्था छ । यहि संकट र अवस्थाको मध्यनजर गरि प्यूठानको स्वर्गद्वारी नगरपालिकले सामाजिक सुरक्षा भत्ता घरघरमै पुगेर वितरण गर्ने योजना बनाएको छ ।
कोरोनाको महामारीले गर्दा समयमै सामाजिक सुरक्षा भत्ता दिन ढिला भयो र यसले भत्ताकै भरमा जीवन चलाउनेको दैनिकी संकटमा पर्यो भन्दै नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता सम्वन्धित वडाका वडा सचिव र वडा अध्यक्षले लाभग्राहीको घरघरमै पुगेर भत्ता वितरण गर्ने जानकारी दिए ।
आपतकालीन बैठकको आह्वान गरि व्यवस्थित रूपमा वैठक बसाली वडा अध्यक्षहरूकै सल्लाहमा यस्तो निर्णय गरिएको रोका क्षेत्रीले बताए बताए ।
बैंकमार्फत वितरण गर्ने भनिएता पनि वैंकमा भिडभाड भई कोरोना भाइरसको संक्रमण फैलिने खतरालाई मध्यनजर गर्दै नगरले यस्तो निर्णय गरेको उनको भनाइ छ । नयाँ वर्षको दिन वडा सचिवहरूले आफ्ना वडामा सामाजिक सुरक्षा भत्ता पाउने नागरिहरूको विवरण नगरपालिकामा ल्याए पश्चात् वैशाख ३ गतेदेखि भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !