आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

स्वर्गद्वारीमा ३ सय ४८ परिवारले राहत पाए


झइन्द्र भण्डारी  
प्यूठान । स्वर्गद्वारी नगरपालिका प्यूठानले लकडाउनका कारण खाद्यान्न अभाव भएका ३ सय ४८ विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिवारमा सदस्य संख्याको आधारमा परिमाण निश्चित गरी खाद्यान्न वितरण गरिएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले बताउनु भयो । ४ जनासम्म सदस्य संख्या रहेको परिवारलाई २५ केजी चामल र त्यो भन्दा माथी सदस्य संख्या रहेको परिवारमा प्रति व्यक्ति ५ केजीको दरले चामल उपलब्ध गराईएको रोका क्षेत्रीले जानकारी दिनु भयो । जस अनुसार नगरपालिका भित्र जम्मा १४ सय १९ सदस्य लाभान्वित भएको नगरप्रमुखका स्वकीय सचीव तथा खाद्यान्न वितरण समितीका सदस्य रमेश पोख्रेलले बताउनु भयो ।
यस अनुसार वडा नं  १ मा ६७ , वडा नं २ मा ३७, वडा नं ३ मा २४, वडा नं ४ मा २२ , वडा नं। ५ मा १९,वडा नं ६ मा ७२ , वडा नं। ७ मा ३७, वडा नं ८ मा २६ र वडा नम्बर ९ मा ४४ परिवारलाई वडाध्यक्षको मातहतमा छनोट गरि खाद्यान्न वितरण गरिएको नगरप्रमुख रोका क्षेत्रीको भनाइ छ । यसै अनुसार ३सय घरधुरीका १ हजार ४ सय १९ जना सदस्य लाभान्वित भएका छन ।

खाद्यान्न सामाग्री असंगठित क्षेत्रमा कार्यरत विपन्न , श्रमिक, असहाय परिवारलाई राहत सम्वन्धी मापदण्ड २०७६ मा रहि वितरण गर्ने गरिएको नगरप्रमुखले बताउनुभयो ।
चामलसङ्गै १र२ लिटर तेल, १ केजि दाल, १ केजि नुन, १ के जि तरकारी स्वरूप सोयाबिन जनतालाई उपलब्ध गराईएको छ । एकद्वार प्राणी अन्तर्गत प्याकेजमा राहत वितरण गर्ने कार्यविधि अनुसार पहिलो चरणको कार्यक्रम सम्पन्न भएर जनतालाई लकडाउनको समयमा भोकै मर्न नदिने नगरपालिकाको निति अगाडि बढाईएको नगरप्रमुखको भनाइ छ । नगरपालिकाबाट वडा कार्यलयको मातहतमा राहत वितरण गरिएको हो । बस्ती बस्तीमा जनताकै घर दैलोमा पुगेर समस्याको पहिचान गरि वडा कार्यालय तथा बस्ती बस्तीमा पुगेर जनतालाई राहत वितरण गरेको वडा नम्बर ६ का अध्यक्ष गिर बहादुर गुरूङले बताउनु भयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top