शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

क्वारेण्टाइन निर्माण अभियान हात्तीका देखाउने दाँत नबनुन्


सुशील पोखरेल
मुलुक यतिवेला ठप्प छ । कोरोना संक्रामक रोगका बिरुद्ध गरिएको लकडाउन अभ्यासले आजको मिति सम्म नेपालमा संक्रामक फैलिन पाएको छैन । यो अहिलेको चिनिया अभ्यास हो । सन २०१९ डिसेम्वर ३१ मा छिमेकी देश चीनको बुहानबाट देखा परेको कोरोना भाइरस (कोभिड १९) संसारभर फैलिइसकेको छ । बिश्व स्वास्थ्य संगठनले आधिकारिक रुपमै बिश्वब्यापी महामारी भनेर घोषणा गर्यो । चीनले बुहानबाट लकडाउनको मोडालिटी थाल्यो संगसंगै सिंगो चीन हुँदै आज अमेरिका बाहेक प्रायः संक्रामक भएका देखि संभावना रहेका सम्म अधिकांश मुलुकले लकडाउन गर्नु परेको अवस्था छ । यहि संदर्भमा नेपालमा जसरी लकडाउन जारी राखिएको छ खुशीको कुरा आजको दिन सम्म आइपुग्दा कोरोनाको संक्रामक फैलिन पाएको छैन । यस घडीमा सरकारले उच्च सर्तकता र पूर्व तयारीलाई तीब्रता दिएको छ । यो कोरोना मान्छेबाट मान्छेमा सर्ने रोग भएका कारण स्थानीय सरकारहरु क्वारेण्टाइन निर्माणमा लागि परेका छन । हाम्रो जस्तो भारतीय सिमाना संग प्रत्यक्ष जोडिएको मुलुकमा भारतमा पनि कोरोनाको संक्रामक बिस्तार हुँदै जानु र उल्लेख्य संख्यामा भारतमा रोजीरोटीका लागि रहेका नेपालीहरु स्वदेशमा भित्रिनुले नेपालमा कोरोना फैलिन सक्ने मुख्य सन्त्रास यसैमा छ । लकडाउनको स्प्रिट पनि यसै संग जोडिएको छ । यस घडीमा सरकारले आफ्नो उच्च सर्तकता देखाउने क्रममा बिपद ब्यवस्थापनका लागि छिमेकी राष्टको समेत सहयोगमा नेपालका तीनै तहका सरकारहरु जसरी लागि परेको अनुभुती भइरहेको छ , यसमा प्यूठानका स्थानीय तहका जनप्रतिनिधिको कार्यशैली भने निकै फितलो भएको गुनासा उठ्न थालेका छन् । बाहिरी रुपमा हेर्दा धमाधम क्वारेण्टाइन बनाइरहँदा सकारात्मक काम भएको अनुभुति हुन्छ तर परिणाममा निकै फितलो भएको र कतै हात्तीका देखाउने दाँत त होइन ? सचेत बौद्धिक बर्गमा चासो बढेको छ । बिपदको बेला केही दिन अगाडि जिल्लाको सरकारको अंगको रुपमा रहेको एक स्थानीय तहले स्वास्थ्यका लागि आबश्यक पर्ने सर्जिकल मास्क बितरण गर्नु पर्नेमा कच्चा कपडाको नक्कली मास्क बितरण गरेर सस्तो लोकप्रियता लिन खोज्ने कार्यशैलीबाट पनि काम गराइमा थुप्रै बिश्वासका संकट उठेका छन् ।
जहाँसम्म क्वारेण्टाइन निर्माणको सवाल छ अहिले भारत लगायत छिमेकी मुलुकबाट आप्रवासीहरु गाउँमा छिरेका छन् । बस्ती बस्तीमा छन । घरघरमा छन । ती आप्रवासीहरु मेलापर्वमा घर रमाइलो गर्न आएको जस्तो देखिन्छ । सुरक्षाकर्मीको सक्रियतामा बजारीया क्षेत्र सुनसान छ । स्थानीय प्रहरी प्रशासनले आफ्नो तर्फबाट खेल्नु पर्ने भूमिकालाई संतोषजनक नै मान्नुपर्छ तथापी गाउँ गाउँका भट्टी पसलमा भिडभाड छ । जुवातासका खेल रमाइलो संग चलेका छन् । गाँउ घरका खानपिन र भेटभाट हेर्दा आराम र मनोरञ्जनका लागि सरकारले बिदा दिए जस्तो भएको छ । यस्तो दृश्य देखिएको अवस्थामा स्थानीय तहले बिदेशबाट आएका नागरिकलाई सचेतनामूलक गतिबिधि चलाउनु पर्ने थियो यसमा सरुमारानी र माण्डवी गाउँपालिकाले केही पहल लिएको देखिएपनि अन्य स्थानीय तहको भूमिका गतिलो र प्रभावकारी देखिन सकेको छैन । संगसंगै अहिले सम्म कति आप्रवासी भित्रिए ? कहाँ कहाँ भित्रिए ? त्यसको लगत खै ?अनि यसको ब्यबस्थापन जस्ता पक्षमा पनि केही वडा बाहेक अन्यले खासै पहल लिन सकेका छैनन् । अझ दुर्गम बस्तीहरुमा लकडाउनको कुनै अनुभुती नै छैन यसको बारेमा सचेतनामूलक अभियानको जिम्वेवारी लिनु पर्ने स्थानीय तहहरु कम कुरो एकातिर कुम्लो बोकी ……. भने झै काम गरिरहेको देखिन्छ । हो यतिवेला क्वारेण्टाइन पनि आवश्यक छ यसको बारेमा पनि सोचिराख्नु पर्छ तर पहिलो प्राथमिकता के हो ? क्वारेण्टाइन बनाइरहँदा यसको संख्या अनुसार स्वास्थ्यकर्मीको जनशक्ति ब्यबस्थापनमा कत्तिको बिवेक पुरयाइएको छ । स्वास्थ्यकर्मी संगै अत्याबश्यक खाद्य सामाग्री र पिउने पानी जस्ता पक्षमा ब्यवस्थापन गरिएको छ कि छैन ? लाजमर्दो कुरा सिंगो मुलुक ठप्प भएको, गर्मीयाम चढ्दै गएको बेला प्यूठान नगरवासीको खानेपानीको मूल स्रोत बृहत खानेपानी अहिले रोकिएको छ यसले प्यूठान नगरवासीहरु काकाकुल छन् ।
यस बिषयको ब्यबस्थापनमा स्थानीय सरकारले चासो दिएको खै ? यी यस्ता थुप्रै बिषयहरुमा अहिले आम सचेत नागरिक स्तरबाट स्थानीय तहको भूमिका प्रति वाच गरिएको अवस्था छ । त्यसैले केवल दिन २ गुना रात चौगुनाका दरले क्वारेण्टाइन निर्माण गर्ने र हात्तीका दोउने दाँत जस्तो रुप र शैलीमा भन्दा परिपक्व ढंगले प्राथमिकताको पहिचान गरी परिणाममुखी भूमिका देखाउन स्थानीय सरकारका प्रमुखज्यूहरु लागुन भन्ने लाग्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top