शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्यूठान नगरपालिकाको निशुल्क शिक्षा : घोषणा गरियो, कार्यान्वयन भएन


प्यूठान प्युठान नगरपालिकाले चालु आर्थिक वर्ष ०७६ ÷७७ को बजेट पारित गर्दै नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयमा निशुल्क शिक्षाको अवधारणा ल्यायो । बिपन्न समुदायको आर्थिक अवस्थालाई लक्षित गरी ल्याइएको भनिएको सो कार्यक्रम शैक्षिक सत्रको समय सकिनै लाग्दा समेत निशुल्क शिक्षा कार्यान्वय गर्न सकेको छैन । नगर क्षेत्र भित्रका ५२ वटा विद्यालयहरुमा एक देखी १० कक्षा सम्म निशुल्क शिक्षा दिनेका लागि भर्ना अभियानका उठाइएको शुल्क अझै फिर्ता नगरिंदा प्यूठान नगरपालिका सस्तो लोकप्रियताको खेती गरेको अभिभावकहरु बताउछन् ।
नगरपालिकाले दिने भनिएको रकम नपाएको जनता माध्यमिक विद्यालय बाग्दुलाका प्रधानाध्यापक इन्द्रमणी पोख्रेलले बताए । ‘रकम निकासा भएको छैन’–उचित समय पारेर नगरपालिकाले दिने भएको छ ।’ नगरपालिकाले दिन रकम पाउनेमा अझै पनि आफुहरु आशावादी रहेको पोख्रेलले बताए ।
नगरपालिकाको ५ औँ नगरसभाबाट निर्णय भएको सात महिना वित्दा समेत शुल्क फिर्ता भएको छैन । सामुदायिक विद्यालयबाट १० हजार विद्यार्थीबाट विभिन्न बाहानमा उठाइएको ६३ लाख रुपैया फिर्ता नभएको हो । शिक्षाको गुणस्तर वढाउनुका साथै शिक्षण सिकाई प्रभावकारी बनाउनको लागि निशुल्क शिक्षा कार्यक्रम अगाडि सारेको नगरपालिको निर्णय कार्यान्वयन गर्न नसक्दा अभिभावकहरु रुष्ट भएका छन् । ‘नगरपालिकाले छोराछोरीलाई निशुल्क शिक्षा दिने भनेको कुरा सुनेर खुसी लागेको थियो तर, आकाशको फल आखाँतरी मर जस्तै भयो’– प्यूठान नगरपालिका ५ जुम्रीकांढाकी अभिभावक दिपा भण्डारीले भनिन्–‘छोराले विद्यालयमा शुल्क तिर्नका लागि पैसा लैजान्छ ।’ कुनैपनि बालवालिका आर्थिक अभावले शिक्षा आर्जनवाट टाढा नहोस् भन्ने उदेश्यले निशुल्क शिक्षाको अवधारणा लिए पनि लागु नगरेको अभिभावक भण्डारीले बताइन ।

प्यूठान नगरापलिकाका शिक्षा शाखामा कार्यरत विद्यालय निरिक्षक विष्णु पोख्रेलले विद्यालयलाई रकम फिर्ताका लागि दोस्रो चौमासिकमा सबै कार्यान्वय योजना तयार गरेतापनि कार्यालय प्रमुख नभएकोले रोकिएको बताए । त्यस्तै प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले भने ‘अव केही समय पछि फिर्ता गरिने छ ।’

विद्यालयले उठाएको शुल्कलाई शिक्षाको अभिवुद्धि गर्ने, गुणस्तर वढाउने तथा विद्यालयहरुलाई अनुदानका रुपमा दिने नगरपालिकाको योजना रहेको थियो । प्युठान नगरपालिकाले शुल्क फिर्ताको कार्यलाई कार्यान्वयन गर्न तीन वर्षको नगर शिक्षा योजना अघि सारेको थियो । शिक्षालाई विषेशरुपमा प्राथमीकता दिदै जनताको जीवनस्तर माथि उकास्नको लागि यो अभियानले सहयोग पुग्ने भनियता पनि कार्यान्वय गर्न नसक्दा नगरपालिका आलोचित बनेको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top