शुक्रबार, असार ५, २०८३ | Friday 19th June 2026

आज ‘भ्यालेन्टाइन डे’ प्रेम अभिव्यक्त गर्ने दिन


प्युठान,२ फागुन ।
विश्वभर आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाइँदैछ ।प्रेम दिवसलाई अहिले प्रिय चाड मान्नेहरूको पनि कमी छैन । भ्यालेन्टाइन डे आउनु महिनौँअघि नै युवायुवती प्रेमको रङ्गमा रंगिने गरेका छन्।विशेष गरी युवा युवतीले यसलाई विशेष चाडकै रुपमा मनाउने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रेम दिवस विशेष रुपले मनाउने गरिएको छ ।

पश्चिमेली सांस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता, संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी पनि बढ्दै गैरहेको छ ।यो दिवसको सुरुवात प्राचीन रोमनबाट सुरु भएको किम्बदन्ती पाइन्छ । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्बत् २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालीन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।

प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए ।तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सेन्ट भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए । उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे ।

जेलमा रहँदा भ्यालेन्टाइनको जेलरकी दृष्टिविहीन छोरीसँग माया बस्यो । आफूलाई मृत्युदण्ड दिनुअघि भ्यालेन्टाइनले ुलभ फ्रम योर भ्यालेन्टाइनु भन्ने हस्ताक्षर सहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई दिएका कथन छ ।

उनले आफ्ना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन् ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंग्ल्याण्ड र फ्रान्स हुँदै पछिल्लो समय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top