शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

ऐरावती गाउँपालिकाको सातौ गाउँसभा सम्पन्न


प्युठान, २६ माघ ।
ऐरावती गाउँपालिकाको सातौ गाउँसभा आईतवार गाउपालिकाको कार्यालय बरौलामा सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा भएको गाउसभामा उपाध्यक्ष बुद्धबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु र कर्मचारीको उपस्थितिमा सम्पन्न भएको हो । सभामा गाउँपालिकाबाट हालसम्म भएका कामका गतिविधीका बारेमा प्रमुख प्रशासकीय अधिकृत एंव कार्यपालिकाका सचिव खरालले जानकारी गराउनुभएको थियो । हालसम्म योजना छनोटका कामहरु, कर्मचारी व्यवस्थापन, योजना छनोट भएको र कार्यान्वयन हुन बाकी रहेको, पञ्जिकरण कार्यक्रमका लागि गणकहरु खटाएको जानकारी गराउनुभएको थियो । यसैगरी मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका लागि योजना छनोट ,प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि योजना छनोट गरिएको उहाँले बताउनुभयो ।
त्यस्तै गाउँपालिकाबाट चालु आर्थिक वर्षका लागि योजनाका काम सम्झौताको अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । गाउँपालिका मार्फत अपाङ्गता परिचयपत्र दर्ता, व्यवसायीक दर्ता, सामाजिक सुरक्षाका कार्यक्रमहरु वैकिङ् प्रणालीमा लगेको, दुई वडामा उपनिर्वाचन सम्पन्न भएको बताउनुभयो । कुल ४१ करोड ५८ लाख ७७ हजार ६ सय ६१ रुपैया मध्ये हालसम्म सात करोड १७ लाख ९३ हजार ६ सय एक रुपैया ६० पैसा खर्च भएको उहाँले बताउनुभयो । गाउँपालिकामा कुलबजेटकोे १७ प्रतिशत काम सम्पन्न भएको छ । विभिन्न कर्मचारी व्यवस्थापन, विभिन्न नियम कानुनहरु बनाउने क्रममा केही काममा ढिलाई भएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अब कामहरु नियमित रुपमा हुने छन् ।’


गाउँसभामा अध्यक्ष शाहले गाउँपालिकाले लक्ष्य अनुसार कामहरु गर्ने बताउनुभयो । पालिकाले काम गर्नमा सहज होस भन्ने उदेश्यले हाँलसम्म २६ वटा कानुनहरु पारित गरेको र केहि बाँकी ऐनहरु आर्थिक वर्ष ०७७०÷ ७८मा पारित गर्ने बताउनुभयो । पालिकाले गर्ने काममा राजनीति नजोडि स्वच्छ रुपमा जनताको आवश्यकता अनुसार काम गर्ने उहाँले बताउनुभयो ।
यसैगरी पालिका उपाध्यक्ष बस्नेतले ऐरावती गाउपालिकाले लिएको ‘कृषि पर्यटन रोजगारीको बढाउदै गति, शान्त सुन्दर सम्मुनत बनाउ ऐरावती, भन्ने नारालाई सफल बनाउन हामी सबै कार्यपालिका सदस्य, कर्मचारीहरु एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो । गाउँपालिकामा निर्वाचित भएको आधा कार्यकाल बितिसकेको स्मरण गर्दै उहाँले बाँकी समयमा पालिका क्षेत्रभित्र परिणाममुखी कामहरु गरेर जनताको मन जित्ने बताउनुभयो । जिल्लाका अन्य स्थानियतह संगै ऐरावतीलाई पनि सबै क्षेत्रबाट अगाडी बढाउने योजनाका साथ लाग्ने उहाँको भनाई थियो । गाउँसभामा १६ वटा योजनाको बजेट अन्य योजनामा संसोधन गरिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top