शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

सवारी दुर्घटना न्युनीकरणका लागि चालकहरुलाई प्रशिक्षण


प्युठान, २५ माघ ।
प्युठानमा सवारी दुर्घटना न्युनिकरणका लागि चालकहरुलाई प्रशिक्षण दिईएको छ । स्वर्गद्धारी गौमुखि यातायात प्रालिको सभाहलमा उक्त कार्यक्रम भएको हो । जिल्ला प्रहरी कार्यालय प्युठान, जिल्ला ट्राफिक प्रहरी कार्यालय देविस्थान प्युठान र स्वर्गद्धारी गौमुखि यातायात प्रालिको सयुंक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।
स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रालिका अध्यक्ष सुनिल बस्नेतको अध्यक्षता तथा प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतिको प्रमुख आतिथ्यतामा भएको अन्र्तक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थी, यातायात व्यवसायीहरु, चालक, ट्राफिक प्रहरी, सरोकारवाला निकायको सहभागितामा अन्र्तक्रिया कार्यक्रम भएको हो । त्यसअबसरमा नगर प्रमुख कक्षपतिले सवारी दुर्घटना न्युनिकरणका लागि सबैले ध्यान दिनुपर्ने बताए । जिल्लाका सडकहरु साघुरा भएकाले दुर्घटना हुने भन्दै सडक बिस्तार गर्नुपर्ने बताए । यस्तै बाग्दुला र विजुवारमा घण्टौ जाम हुने भएकाले ट्राफिक जाम हटाउनका लागि पाकिङको व्यवस्था गराउने योजना रहेको उनले बताए ।


यस्तै सरकारी वकील कार्यालयका जिल्ला न्यायधिवक्ता शिवप्रसाद पोख्रेलले अन्र्तक्रिया कार्यक्रममा कानुनका बारेमा जानकारी गराएका थिए । कार्यालयले समुदायमा सरकारी वकिल लागु गरेको समेत बताए । यस्तै प्रहरी नायव उपरीक्षक नरेन्द्र कुमार कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अनुरोधमा जिल्लामा उक्त कार्यक्रम सञ्चालन गरिएको बताए । जिल्लामा सवारी दुर्घटनाहरु वढेकाले यसको न्युनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए । जिल्लामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुदै आएका छन् । दुरदराजका नागरिकका लागि विभिन्न सवारी दुर्घटना न्युनिकरण सम्बन्धमा सचेतना मुलक कार्यक्रम हुदै आएका छन् ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष ०७६÷०७७ मा २१ लाख ५६ हजार, पाँच सय रुपैया राजश्व संकलन गरेको जनाएको छ । त्यस्तै सवारी दुर्घटनामा परि चालु आर्थिक वर्षको पुस सम्ममा पाँच जना विरुद्ध मुद्धा परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । यस्तै आर्थिक वर्षमा सवारी दुर्घटनामा परि जिल्लामा सात जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष ०७५÷०७६ मा दुर्घटनाबाट १४ जनाको मृत्यु
गत आर्थिक वर्ष ०७५÷०७६ मा ३८ वटा सवारी दुर्घटनाबाट १४ जनाको मृत्यु भएको छ । १६ सवारी साधन क्षेती भएका छन् । बस एक, ट्रकटिपर तीन, जिपकार १५, ट्याक्टर चार, टेम्पो दुई मोटरसाइकल १३ अन्य दुई गरेर जम्मा ३८ सवारी दुर्घटा भएको ट्राफिक प्रमुख मधु थापाले बताए । जसमा नौ जना पुरुष, महिला तीन, बालक १, बालिका १ गरेर जम्मा १४ जनाको मृत्यु भएको उनले बताए । दुर्घटनाबाट १२ जना पुरुष, महिला दुई, बालक तीन र बालिका एक गरेर जम्मा १८ जना गम्भीर घाईते भएका थिए । यसैगरी २१ जना पुरुष, महिला ६, बालक तीन, बालिका एक गरेर जम्मा ३१ जना दुर्घटनाबाट सामान्य घाईते भएको उनले बताए ।
के कारणले दुर्घटना हुन्छन त?
चालकको लापरर्वाही, ओभरटेक, तिब्र गति, मापसे गरेर सवारी चलाउनु, सवारी चलाउदा मोबाईल फोनको प्रयोग गर्दा, यान्त्रीक गडबढी, ओभरलोड, छाडा पशुचौपाया, सडकको दुराअबस्था, मापसेका गरे सवारी चलाउनु र कतिपय अबस्थामा यात्रुको कारणले पनि सवारी दुर्घट्ना हुने गरेको ट्राफिक प्रमुख थापाले बताए ।
जिल्लाको कस्ता ठाउँमा कढी दुर्घटना हन्छन्
जिल्लाका पहाडि क्षेत्र भएका बढी कर्नरमा दुर्घटना हुने गरेको प्रमुख थापाले बताए । यसैगरी घुम्ती भएको ठाउँमा, ओरालो, पानी परेको समयमा, साघुरोबाटो भएका कारण लगाएतका ठाउँहरुमा बढी दुर्घटना हुने गरेको उनको भनाई छ ।
न्युनिकरणका लागि सचेतनाका कार्यक्रम जारी
जिल्लामा न्युनिकरणका लागि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन जारी रहेको छ । चालकलाई दुई मिनेट प्रशिक्षण कार्यक्रम, यात्रुमैत्रि व्ययहारका लागि कार्यक्रम, चालकको आखा जाँच, दैनिक रुपमा सवारी साधन चेकजाँच, नागरिक कहाँ घरदैलो कार्यक्रम गर्दै आएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top