शनिबार, बैशाख २२, २०८१ | Saturday 4th May 2024

चार वर्षदेखी अलपत्र पक्की पुलको निर्माण सुरु


 

प्युठान,१२ माघ ।
झिमरुक गाउँपालिका–५ ढाँडा स्थित झिमरुक खोलामा चार वर्षदेखी अलपत्र पक्की पुलको निर्माण कार्य थालनी गरिएको छ । पिलर राख्ने स्थानमा दलदल भेटिएपछी अलपत्र छोडिएको ढाँड देखि स्यालीघारी जोड्ने पुल पुन निर्माण सुरु गरिएको हो । निर्माण व्यवसायी, प्रदेश सरकार र सडक पुल कार्यक्रम एलाआरबिपी बिच छलफल गरि सहमती भएपछि पुल निर्माण कार्य सुरु भएको हो । गत पुस ९ गतेबाट पुल निर्माण कार्य सुरु गरिएको छ ।
५ नंम्बर प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयको रु चार करोड ५० लाखको लागतमा एक सय मिटर लामो पक्की पुल निर्माण सम्पन्न हुनेछ । आर्थिक बर्ष ०७२÷७३ मा सम्झौता गरिएको उक्त पुल निर्माणमा ढिलाई भएको थियो । दुई बर्ष भित्र पुल बनाईसक्ने गरि निलगिरी आँशु जेभी निर्माण सेवा प्युठानले भ्याट सहित चार करोड २ लाख रुपैयाँमा ठेक्का लिएको थियो । पिलर राख्ने ठाउँमा ओपन फाउण्डेसन परेकाले काम रोकिएको थियो । पुल बनाउने बेला बीच भागमा माटो भेटिएन, निर्माण व्यवसायी बालाजु श्रेष्ठले भने,–‘डिजाईनरले कृत्य कागज पेश गरेका रहेछन् । ’ कागजमा एउटा र काम गर्ने ठाउँ अर्को भएपछि निमार्ण गर्न नसकिएको उनले बताए । पुलको पुन डिजाईन र स्टिमेट गरि काम सुरु गरिएको छ । म्याद सकिएका कारण पुल निर्माण सक्ने म्याद थपिने जिल्ला पूर्वाधार विकास कार्यालय प्युठानका प्रमुख ईन्जीनियर नविन श्रेष्ठले जानकारी दिए ।
पुल नबन्दा जोखीम पूर्ण यात्रा गर्न बाध्य
खोलामा पुल निमार्ण हुन नसक्दा यस क्षेत्रका स्थानियलाई जोखीमपूर्ण यात्रा गर्नुपरेको थियो । पुल नहुँदा जनतालाई ठुलो दुःख भएको स्थानिय हरि जिसीले बताए । वर्षेनी १÷२ जनाको ज्यान गएको उनले बताए । झिमरुक गाउँपालिका अन्र्तगत ७ र ८ त्यस्तै गौमुखी गाउँपालिकाको ६ लगाएतका वडाहरुका स्थानियहरु पुल नबन्दा ६ महिना विकट हुने उनले बताए । पुल नबन्दा यहाँका स्थानियको बसाईसराईको दर समेत बढेको उनको भनाई छ ।
बर्खाको समयमा यस क्षेत्रका तुषारा, टिमुरचौर, पुँजा, लिवाङमा विभिन्न गाउँमा चल्ने सवारी साधन नियमित चल्दै आएकोमा असारदेखी फेरी नदीका कारण यातायात ठप्प भई आगमनमा समस्या हुने उनले बताए । यातायात नचल्दा लिवाङ, त्ुाषारा, लगाएतका स्थानियहरु पैदल हिहिडेर व्यपारिक केन्द्र बाग्दुला, खंलगा, जुम्री विजुुवार आउनुपर्ने बाध्यता छ । त्यस्तै यस क्षेत्रका स्थानियहरुलाई गाउँपालिकाको केन्द्र मच्छी आउँन समेत समस्या रहेको छ ।
पूल नबन्दा ८ जनाको ज्यान गयो
पुल नबन्दा यहाँका स्थानियलाई आवतजावत गर्न असहज हुने मात्र हैन् धेरैले खोलामा परि ज्यान समेत गुमाएका छन् । झिमरुक खोला बर्खाको समयमा ठूलो आउँछ स्थानिय हरि जिसीले भने,–‘खोलामै परि ८ जनाले ज्यान समेत गुमाएका छन् ।’ कतिका आशु बगेका छन्, त कतिलाई खोलाले त्रास बनाएको समेत उनले बताए ।
झिमरुक सहित गौमुखी र नौबहिनी गाउँपालिकामा पर्ने दर्जन बढी गाउँका स्थानियहरुलाई पुल निर्माण भएपछि फाईदा पुग्ने छ । पुल निर्माण भएपछि प्युठान संगै छिमेकी जिल्ला गुल्मी, बाग्लुङ र अर्घाखाँची जिल्लाका नागरिकहरुको यात्रा समेत सजिलो हुने झिमरुक ८ का वडा अध्यक्ष तुलस बस्नेतले बताए ।
नयाँ पत्रिका दैनिकमा पत्रकार सागर रिजालले समाचार लेख्नुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top