आइतवार, बैशाख ६, २०८३ | Sunday 19th April 2026

अस्पतालको शैयाबाटै आफ्नो भाषा संरक्षणको गर्दै ज्ञानीमैया


राधिका भुसाल
दाङ । लोपुन्मुख कुसुन्डा जातिको भाषाकी एक मात्र ज्ञाता ज्ञानीमैया कुसुन्डाले अस्पतालको शैयामा समेत आफ्नै भाषामा बरबराउने गर्छिन । कुसुन्डा भाषाको संरक्षणमा चिन्तनशील देखिएकी ८२ वर्षीया ज्ञानीमैया ओछ्यान थला पर्दा पनि भाषामा कुराकानी गर्ने नयाँ पुस्तालाई हस्तान्तरण गर्न खोजेको परिवारले बताउछन्  ।
स्वास्थ्य समस्याले थलिएकी उनको यतिबेला लमही स्थित फ्लोरेन्स अस्पतालमा उपचार भइरहेको छ । “उनलाई दम र रक्तचापको समस्या बढेको छ”– उपचारमा संलग्न डा. पुष्प भुसालले भने–“ ज्ञानीमैयालाई आफ्नो स्वास्थ्यको भन्दा पनि कुसुन्डा भाषा नयाँ पीढिलाई कसरी सिकाउने भन्ने चिन्तामा देखिएकी छिन् ।” उनलाई नेपाली भाषा पनि राम्रोसंग बोल्न आउछ तर,पनि उनी जतिबेला आफ्नै भाषामा बरबराउने गरेको डाक्टर पुस्पले बताए ।
परिवार स्रोतका अनुसार उनी पुस अन्तिम सातादेखि बिरामी परेकी हुन । हिँडडुल गरिरहेकी थिइन । काम छाडेकी थिइनन । दुई साताअघि रिँगटा लागेर एक्कासि लडिन । उनलाई उपचारका लागि फोलोरेन्स हस्पिटल ल्याइयो र सामान्य उपचार पछि थप उपचारका लागि दोस्रो दिन कोहलपुर मेडिकल कलेज र्पुयाइयो । सुधार नभएपछि शुक्रबार लमही नगरपालिका–६, कुलमोहरस्थित घरमा लगेको र पुन उपचारका लागि फोलोरेन्स हस्पिटलमै भर्ना गरिएको छ । बुहारी आशा पुनमगर स्याहारमा खटिरहेकी डाक्टर पुस्पले जानकारी दिए ।
ज्ञानीमैया अस्पताल हुँदा कुसुन्डा भाषामै बोलिरहेको उनले बताइन । ‘कुसुन्डा भाषामा के के बोलिरहनुहुन्छ । हामी केही बुझ्दैनौं,’ उनले भनिन, ‘उहाँलाई त्यही भाषाकै चिन्ता छ ।’ कुसुन्डा भाषामा विभिन्न पुस्तक, लेख, आलेख, रचनाहरु प्रकाशन भएपनि त्यो ठाउँको लागि ज्ञानीमैया एउटा इतिहास नै हुन । परिवारमा उनको बहिनीले बाहेक अरु कुसुन्डा भाषामा राम्रो संग कुराकानी गर्न नसक्ने बुहारी आशाले बताइन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top