शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

आचारसंहिता पालना गर्न पत्रकारलाई आग्रह


 

प्युठान,३ माघ ।
प्रेस काउन्सील नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुलाई आचारसंहिता पालना गर्न आग्रह गरेका छन् । शुक्रवार प्रेस काउन्सील नेपालको आयोजना तथा पत्रकार महासंघ प्युठान शाखाको संयोजनमा प्युठान नगरपालिका–४ जुम्री स्थित होटल आयुष्माको सभाहलमा भएको कार्यक्रम श्रेष्ठले उक्त कुरा बताएका हुन् । पछिल्लो समय पत्रकारहरुले धेरै घटनाहरु गिजोलेको, पेशालाई बदनाम गरेका घट्नाहरु बाहिरीएको उनले बताए । समाचार चोरी, गुगोल यूबटुब जस्ता प्रविधिको दुरुपयोग गरिनु राम्रो पक्ष नभएको उनले बताए । समाजमा कोकाहल मच्चाउने, भ्रम फैलाउने पत्रकारलाई काउन्सीलले बचाउन नसक्ने उनले बताए । साथै अध्यक्ष श्रेष्ठले पत्रकारिता आचारसंहितामा रहेर आफ्ना मिडियाहरु समेत सञ्चालन गर्न समेत आग्रह गरे ।
पत्रकार आचारसंहिता २०७३ संशोधन गरि २०७६ निर्माण गरिएको नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यले बताए । उनले बताए अनुसार प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन, मानव अधिकार, अन्र्तराष्ट्रिय सम्बन्ध र सुसुचित हुने हकको सम्मान, पेशागत मर्यादा तथा व्यवहार, सामाजिक दायित्व, सम्पादकीय स्वतन्त्रताको सम्मान, सत्य तथ्य र सन्तुलित सूचना सम्प्रेषण, समाचार,विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्ने जस्ता १४ वटा आचारसंहिता रहेका छन् । महासंघका अध्यक्ष आचार्यले पत्रकारहरुले गर्न नहुने कुराहरुका बारेमा समेत प्रष्ट पारेका थिए ।
अध्यक्ष आचार्यले पछिल्लो समय निर्माण गरिएका ऐनहरु पत्रकारका पक्षमा नभएको बताए। पत्रकार महासंघ संग नै समन्वय नगरि निर्माण गरिएका ऐनहरुलाई हामीहरुले समर्थन गर्दैनौ अध्यक्ष आचार्यले भने,–‘हामीले सशक्त ढंगले यसको विरोध र खबरदारी गर्नेछौँ ।’ नागरिकका आवाजहरु बाहिर पस्कने पत्रकारहरुलाई केहि लेख्नै नपाउने कानुन आउँदा हामीहरुलाई समस्या भएको उनले बताए ।
पत्रकार शुद्धिकरण सुरु
महासंघमा आवद्ध निर्वाचित जनप्रतिनिधि, पार्टीका केन्द्र, प्रदेश र जिल्ला पदाधीकारी, नेपाल प्रहरी, निजामती कर्मचारीलाई महासंघको सदस्यता नविकरण नगरिदिने अभियान शुरु गरिएको महासंघका केन्द्रिय अध्यक्ष आचार्यले बताए । उनले भने,–‘यो अभियान सुरुवात गरिएको छ यसलाई सबैले साथ दिन आवश्यक हुनेछ ।’
पत्रकार महासंघका प्युठान शाखा अध्यक्ष महाविर रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सीलका केन्द्रिय कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थ, प्रहरी नायव उपरिक्षक नरेन्द्रकुमार कार्की, अनुसन्धना प्रमुख हेमन्त कार्की , काउन्सीलका प्रमुख अधिकृत झपेन्द्र भुसाल , जिल्ला स्थित क्रियाशिल पत्रकारको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top