मङ्लबार, फाल्गुन १९, २०८२ | Tuesday 3rd March 2026

निर्माण व्यवसायी श्रेष्ठले कमलको पठनपाठनको जिम्मा लिए


सागर रिजाल 
प्युठान,२१ पुस ।
प्युठान नगरपालिका–९ मरन्ठानका कमल सुनार मुक्ति माध्यामिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययन गर्छन् । सुनारले प्युठान नगरपालिका ३ रातामाटामा प्राविधिक धारतर्फ सिभिल ईन्जिनियरिङ अध्ययन गर्दैै आएको उनका बुबा गिरबहादुर सुनारले बताए । पछिल्लो समय छोरालाई पढाउनका लागि आर्थिक अभाव हुँदा केहि समय विद्यालयमा आउनमा समस्या भएको बुबा गिरबहादुरले बताए ।
आर्थिककै कारण पढाईमा समस्या आएपछि १६ वर्षिय कमललाई प्युठान नगरपालिका–४ विजुवारका एक युवा व्यवसायीले पठनपाठनमा लाग्ने खर्च बेर्होने भएका छन् । निर्माण व्यवसायी संघ प्युठानका कोषाध्यक्ष एंव ईशान कन्ट्रक्सनका सञ्चालक नबिनकुमार श्रेष्ठले सुनारको शैक्षिक क्षेत्रमा हुनै . खर्च बेर्होने भएका हुन् ।


सोमबार मुक्तिमाध्यामिक विद्यालय रातामाटामा प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपति, नगरउपप्रमुख शान्ता आचार्य, विद्यालयका प्रधानाध्यापक योगेन्द्रबहादुर जिसी, कमलका बुबा गिरबहादुर सुनार, लगाएत शिक्षकहरुको उपस्थितीमा निर्माण व्यवसायी श्रेष्ठले सुनारको पढनपाठनको खर्च बेर्होने बताएका हुन् । श्रेष्ठले आर्थिक अभावले सफल हुन नसकेको पढाईलाई अब राम्रो मेहनत,लगनशिल भई अगाडी बढाउन आग्रह गरे । आर्थिक अवस्था कमजोर छ भन्ने थाहाँ पायपछि कमललाई शैक्षिक खर्च बेहोरेको छु उनका अभिभावक गिरबहादुरसंग श्रेष्ठले भने,–‘छोरालाई नियमित विद्यालय पठाईदिनुहोला । ’ ९ कक्षा देखी १२ कक्षा सम्म लाग्ने सम्पूर्ण शैक्षिक खर्च आफुले गर्ने श्रेष्ठले बताए । साथै श्रेष्ठले १२ पछि जागिरको समेत व्यवस्था गरिदिने बताए ।
कमलका बुबा गिरबहादुरले आफ्नो छोरालाई पढाउन सहयोग गरेकोमा निर्माण व्यवसायी श्रेष्ठलाई धन्यवाद दिए । उनले आफ्नो छोरालाई निरन्तर विद्यालयमा पठाउने बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top