
सागर रिजाल
प्युठान,४ पुस ।
जिल्लाको ऐरावती गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि ५ वर्षे गाउँ शिक्षा योजना बनाउने निर्णय गरेको छ । शुक्रवार ऐरावती गाउँपालिकाको आयोजना तथा कालिका विकास केन्द्र नेपाल र स्ट्रोमफाउण्डेसको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रमको सहयोगमा भएको अन्र्तक्रिया कार्यक्रले उक्त निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष नबीलविक्रम शाहको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा गाउँपालिका शिक्षा शाखा स्रोतव्यक्ति कुलबहादुर थापा, गाउँपालिकाका अन्य जनप्रतिनीधि, कालिका विकास केन्द्र नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद राजभण्डारी, कार्यक्रम संयोजक सरोज श्रेष्ठ, माध्यामिक, आधारभुत विद्यालय, प्राथमिक विद्यालयका शिक्षक बिचमा अन्र्तक्रिया कार्यक्रम भएको थियो । कार्यक्रममा कालिका विकास केन्द्र नेपालका कार्यक्रम संयोजक श्रेष्ठले शिक्षा नीतिका बारेमा सहभागिलाई जानकारी गराएका थिए । जानकारी पश्चात सहभागीले ऐरावतीको शिक्षामा गुणस्तर ल्याउनका लागि समुहमा छलफल गरेका थिए ।
शिक्षा सुधारका लागि भएको छलफलले पाँच वर्षे शिक्षा योजना बनाउने निर्णय भएको कालिका विकास केन्द्र नेपालका कार्यक्रम संयोजक श्रेष्ठले बताए । अन्र्तक्रिया कार्यक्रमले शिक्षा योजनाका लागि चन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कार्यदल समिति समेत गठन गरेको छ । जसको सदस्यहरुमा ओमप्रकाश श्रेष्ठ, दुर्गाबहादुर जि.सी., खेमराज पोख्रेल, शान्तबहादुर केसी, गीता पोख्रेल, बसन्ता जिसी, पूर्णप्रसाद सापकोटा र स्रोत व्यक्ति कुलबहादुर थापा रहेका छन् । आउदो माघको अन्तिम सम्ममा पाँच वर्षिय शिक्षा योजना बनाउने गाउँपालिका स्रोत व्यक्ति थापाले बताए ।
कमेन्ट गर्नुहोस !