शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न


सागर रिजाल
प्युठान, २९ कार्तिक ।
यौन तथा प्रजनन स्वास्थ्य अधिकार र परिवार योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । युएनएफपीएको आर्थिक सहयोग तथा जिल्ला समन्वय समिती प्युठान र ऐरावती गाउँपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले कार्यक्रमको आयोजना गरेको थियो ।
गाउँपालिका अध्यक्ष नबिलबिक्रम शाहको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्य प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, वडा अध्यक्षहरु, युएनएफपिय का जिल्ला प्रतिनिधि प्रेमनारायण श्रेष्ठ , कर्मचारी लगएतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका बारेमा जानकारी युएनएफपियका जिल्ला प्रतिनिधि प्रेमनारायण श्रेष्ठ सस्थाका बारेमा जानकारी गराएका थिए । प्युठानमा यो कार्यक्रम १० बर्ष देखि जिल्लामा युएनएफपिए कार्यक्रम सन्चालन गर्दै आएको छ । अहिले ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकामा पनि कार्यक्रम संचालन हुँदै छ । कार्यक्रमको उदेस्य परिवार नियोजनको अपुग शुन्यमा झार्ने, रोकथाम गर्न सकिने मातृ मृत्यु शुन्यमा झार्ने, लैङ्गिक हिंसा तथा समाजमा विद्यमान अन्य हानिकारक अभ्यासहरु अन्त्य गर्ने लगाएतको रहेको आयोजकले जनाएको छ ।
आड्रा नेपाल सङ्ग समन्वय गरि अन्य ६ वटा जिल्लामा कार्यक्रम सञ्चालन गर्ज लागेको कार्यक्रमका प्रशिक्षक वसन्त गैरे जानकारी दिए । मातृ तथा बाल मृत्यु कम हुनुका कारण,जनस्वास्थ्यमा उल्लेख गरिएका कुराहरु, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,नेपालको बालबालिकाको मृत्यु अवस्था र प्रगती, बाल बचाउ अभियान, नेपालमा परिवार योजनाको अवस्थाका वारेमा प्रशिक्षण प्रशिक्षण गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख आचार्यले  स्वास्थ्य सम्बेदनशील बस्तु भएकाले यसको महत्व बढि भएको बताए । ऐरावती र मल्लरानिमा यसले राम्रो काम गर्दै जाने र भविष्यमा उदेश्य परिपुर्ती गर्न आग्रह गरे ।, साथै ऐरावती गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीलाई सहयोग गर्न आग्रह गरे । गाउँपालिका अध्यक्ष शाहले बालबालिका र महिला सगै जनतासम्म यो कार्यक्रम गर्न लागेकोमा धन्यवाद दिए । सामाजिक आर्थिक कारणले कार्यक्रमहरु अगाडि बढाउन समस्या भएको र कार्ययोजना बनाएकोले यसलाई सहयोग गर्न गाउँपालिकाले सहयोग गर्ने बताए । स्वास्थ क्षेत्रमा ऐरावतीले सुधार ल्याउँदै अगाडि बढने बताए । महिला तथा बालबालिका छेत्रमा यसले सहयोग गर्ने साथै महिला, बालबालिका क्षेत्रमा बिकास गर्ने समेत उनले बताए । विहिवार मल्लरानी गाउँपालिकामा पनि यो कार्यक्रम गरिएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top