शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

अर्थतन्त्रमुखी शिक्षा हुनुपर्छ ः कृषि वैज्ञानिक राई


सागर रिजाल
प्युठान,२३ कार्तिक ।
नेपालका कृषि वैज्ञानिक मदनकुमार राईले अर्थतन्त्रमुखी शिक्षामा सरकारले जोड दिनुपर्ने बताएका छन् । शनिवार होटल आयुष्मा जुम्रीमा भएको पत्रकारसंगको भेटघाट कार्यक्रममा राईले घोकन्ते विद्यालाई हटाई अर्थतन्त्रमुखी शिक्षा हुनुपर्ने बताए । समृद्ध नेपाल बनाउनका लागि परिवर्तन हुनुपर्ने उनले बताए । प्रत्यक्ष निर्वाचित नेतृत्व प्रणाली हुनुपर्ने , अर्थतन्त्र कृषि, पर्यटनमा आधारित हुनुपर्ने , कृषकलाई अर्गानिक, आधुनिकीकरण गर्यो भने परिवर्तन सम्भव हुने राईले बताए ।
नेपालका धेरै ठाउँमा कृषि क्षेत्रमा अनुभव प्रदान गर्दै आएका राई शुक्रवार प्युठान आएका हुन् । उनले शनिवार प्युठानका विभिन्न गाँउमा पुगि कृषि सम्बन्धि ज्ञान समेत प्रदान गरेको बताए । उनले देश बनाउनका लागि राजनीतिक प्रणालीनै परिवर्तन गर्नुपर्नेमा जोड दिन्छन् । सबै व्यक्तिहरु विकासमा जुटनुपर्ने उनले बताए । उनले भने,–‘पहिलेको समयमा २० वर्ष विकास गर्न लागेपनि अहिले पाँच वर्षमा विकास गर्न सकिन्छ । ’जनस्तरबाटै विकास गर्नुपर्छ, ७५३ स्थानिय तहका किसानहरुलाई विकासमा अग्रसर गराउनुपर्ने राईले बताए ।
झिमरुक फाँट र स्वर्गद्धारी बचाउनुपर्छ
कृषि वैज्ञानिक राईले प्युठानको विकास गर्नका लागि झिमरुक फाँटलाई बचाउनुपर्ने बताए । झिमरुक फाँट कुरुप बन्दै गएछ, राईले भने,–‘अब फाँटमा घर बनाउन रोक्नुपर्छ। ’ यसलाई हराबरा बनाउनुपर्छ, कार्पेटजस्तो सजाउनु पर्छ , अर्गानिक खेति गर्नुपर्छ उनले भने । झिमरुक फाँटका भित्तामा घर बनाउनुपर्छ तर झिमरुक फाँट मास्न नहुने उनले बताए । प्युठानमा झिमरुक फाँट आर्थिक आम्दानीको पहिलो श्रोत भएकाले यसको संरक्षण र सदुपयोग गरि खेति गर्नुपर्ने राईले बताए । परम्परागत कृषि प्रणालीको अन्त्य गरि आधुनिक औजारहरुको प्रयोग गरि खेति गर्नुपर्ने उनले बताए ।
त्यस्तै उनले प्युठानलाई चिनाएको स्वर्गद्धारीको पनि संरक्षण गर्नुपर्ने बताए । यी दुई क्षेत्रलाई बचाउनका लागि स्थानिय सरकारहरुले गुरुयोजना बनाएर आफ्ना कार्यक्रमहरु अगाडी वढाउनुपर्छ, उनले भने,–‘बल्ल प्युठानले विकासमा फड्को मार्छ ।’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top