शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

यूवा नेता श्रेष्ठले अंपाग व्यक्तिका परिवारसंग जन्मदिन मनाय


सागर रिजाल
प्युठान,१० कार्तिक ।
नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) जिल्ला कमिटी सदस्य, अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा ५ नंम्बर प्रदेश कमिटीका सहसंयोजक एंव युवा नेता सुमन श्रेष्ठले आफ्नो २७ औँ जन्मदिन अंपाग व्यक्तिसंग मनाएका छन् । प्युठान नगरपालिका –३ सापडाडाँ रानिकोटका जन्मीदै अपांग ११ वर्षिय दिलिप सुनारको परिवारलाई खाद्यान्न सामाग्री सहयोग गर्दै जन्मदिन मनाएका हुन् । उनले जन्मदिनको अवसरमा दुई बोरा चामल, नुन, तेल, चिनी, कापि गरि करिब सात हजार बरावरको खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

फोटोः ११ वर्षिय अंपाग दिलीप सुनार र उनकी आमा कली सुुनार  !

११ वर्षिय अंपाग दिलिप सुनारकी आमा कलि सुनार अन्य स्थानिय, युवा लगाएतको उपस्थितीमा खाद्यान्न सामाग्री वितरण गरिएको हो । दिलीप जन्मिएको ७ महिनामै श्रीमानको मृत्यु भयो, विभिन्न ठाउँमा छोराको उपचारका लागि हिडे, दिलीपकी आमा कलि सुनारले भनिन,–‘ भएको आर्थिक सकियो अब उपचार गर्ने लैजाने शक्ति छैन् ।’ आफ्नो जन्मदिनको अवसरमा अंपाग छोरा संगै हामी गरिब दुखी परिवारलाई सहयोग स्वरुप खाद्यान्न सहयोग गरेकोमा उनले युवा नेता श्रेष्ठलाई जन्मदिनको शुभकामना संगै धन्यवाद व्यक्त गरिन् । आगामी दिनमा समेत उनले सहयोग अपेक्षा गरिन् ।

युवा नेता श्रेष्ठले प्रत्येक वर्ष आफ्नो जन्मदिन गरिब, दुखी, अंपाग व्यक्तिहरुसंग विशेष कार्यक्रम गरेर मनाउदै आएको बताए । आफ्नो सानो सहयोगले सदैव नपुगेपनि केहि राहत हुने श्रेष्ठको विश्वास छ । दिपावलीपनि नजिकीएकाले यो खाद्यान्न सामाग्रीले अरु व्यक्तिसंगै दिपावली मनाउन सहज हुने उनले बताए । आगामी दिनमा समेत यो परिवालाई आफुले सहयोग गर्ने युवा नेता श्रेष्ठले प्रतिवद्धता जनाए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top