
सागर रिजाल
प्युठान, १ कार्तिक ।
सामाजिक एकता, दिगो विकासमा सबैको प्रतिवद्धता भन्ने नारालाई सार्थक पार्नका लागि गत असोज २७ गतेदेखी सञ्चालन गरिएको जिल्ला स्तरीय ऐरावती कप तथा सांस्कृतिक कार्यक्रमको कार्तिक दुई गते(अर्थात भोली) समापन गरिदैँ छ । ऐरावती बुङ्गस क्लब ढावाङको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा खेलाडीहरुको क्षमता अभिबृद्धि र बिकासका लागि प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पदम थापाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘खेल क्षेत्रलाई मर्यादित एवं व्यवसायीक रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउनका लागि यो कपले सहयोग पु¥याउने छ ।’ खेलाडीहरु जिल्लाबाट उत्पादनगरिे खेल जगतमा सहयोग पु¥याउने उदेश्य समेत आयोजकले लिएको छ । नेपाल सरकारले मनाउन लागेको पर्यटन बर्ष २०२० मा जिल्लालाई चिनाउनका लागि पनि यो कपले महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष थापाले बताउनुभयो ।
। जिल्ला स्तरीय ऐरावती कपमा पुरुष किक्रेट प्रतियोगितामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, महिला कुर्सि दौड प्रतियोगिता, स्लो बाइक रेस प्रतियोगिता सञ्चालन गरिने खेलकुद संयोजक मधुसुदन थापाले जानकारी दिनुभयो । यी खेलमध्ये आज भलिबल खेल र क्रिकेट खेल फाईनल हुनेछन् । भलिबलका लागि गौमुखी र जाबुनेका खेलाडी बिच प्रतिष्पर्धा रहेको छ भने क्रिकेट तर्फ झिबांग –हरियागाउँ र सरगंबेसी –बरौलाको खेल चलिरहेको क्लबका अध्यक्ष पदम थापाले बताए । उनका अनुसार आजै यी खेल समापन गरिने छ । त्यस्तै आजै स्लो बाईक रेस प्रतियोगिता पनि सञ्चालन हुने थापाले बताए । स्लो बाईकरेस प्रतियोगिताका लागि २७ जनाको सहभागी रहनेछ ।
क्लबले कार्तिक २ गते अर्थात भोली सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने छ । कार्यक्रममा कामना ओली, पशुपति शर्मा, सम्झना लामिछाने, करिष्मा ढकाल, कमल नारायणी, भटभटे माइला, शिर्जना जिसी, मुना केसी, विजय पुन, समीक्षा ओली लगायतका कालाकारहरुको प्रस्तुति रहने सांस्कृतिक संयोजक दिपक खड्काले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !