शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

चाडपर्वलाई लक्षीत गरि यात्रु सहायता कक्ष स्थापना ,सुरक्षित यात्रा गराउन चालकलाई शुभकामना


सागर रिजाल
प्युठान,१५असोज ।
चाडवर्पलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालय प्युठानले विभिन्न ठाउँमा यात्रु सहायता कक्षको स्थापना गरेको छ । लामो तथा छोटो दुरिका यात्रुहरूलाई आइपर्ने कुनैपनि किसिमको हैरानीहरु, समस्याहरुलाई सम्बोधन गर्ने उदेश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । जिल्लाको सदरमुकाम खंलगा बसपार्क, व्यपारिक केन्द्र बाग्दुला चोक, जुम्री बसपार्क, चकचके चोक, देविस्थान , ओखरकोट, मच्छी लगाएतका स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभयो । स्थानीय निकायका प्रतिनिधि,यातायात व्यवसायी समितिका प्रतिनिधि, स्थानियबासी, ,प्रहरी इकाई प्रमुखको उपस्थितिमा यात्रु सहायता कक्ष स्थापना गरिएको समेत उहाँले जानकारी दिनुभयो ।
कक्ष स्थापना संगै यात्रामा सहज
यात्रु सहायता कक्ष स्थापना संगै यात्रुहरुलाई आवतजावतमा सहज हुदैँ गएको छ । त्यस्तै सर्वसाधरणहरुमा सुरक्षित महसुस, सवारी साधनहरूको बारेमा जानकारी ,गन्तव्यमा पुग्ने रूटको बारेमा जानकारी,हराएका,छुटेका मानिस तथा सामानको बारेमा जानकारी गराउने,कुनै सवारी चालक,सह–चालक वा समितिका सदस्यले गरेको दुव्र्यवहारको बारेमा जानकारी भएको सुचना अधिकारी जिसीले बताउनुभयो ।
सर्वसाधरणलाई सुरक्षित महसुश भयो ः प्रहरी प्रमुख
यात्रु सहायता कक्ष स्थापना गरेसंगै सर्वसाधरणलाई यात्रामा सहज हुने प्युठान प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुमार कार्कीले बताउनुभयो । यात्राको क्रममा यात्रुहरूले झेल्नुपर्ने अनावश्यक हैरानी,समस्यालाई आवश्यकता परेकै समयमा र समस्या परेकै ठाँउमा हल गर्ने उदेश्यका साथ स्थापना गरिएको कक्षले सर्वसाधरणहरुमा सुरक्षित महसुस गर्ने वातावरणको श्रृजना हुने प्रहरी प्रमुख कार्की बताउनुहुन्छ ।
कक्ष स्थापनासंगै यात्रुहरुलाई गन्तव्यमा जाने सवारी साधनहरुको जानकारी लिन सहज भएको प्रतिक्रियाहरु पाइएको समेत उहाँले बताउनुभयो । वढी मात्रामा बृद्ध , वृद्धाहरु संपर्कमा आई राहत महसुस गर्ने गरेको उहाँले बताउनुभयो । सहायता कक्षमा सवारी सम्वन्धि गुनासा वा सुरक्षासंग सम्वन्धित वा प्रहरीसंग सम्वन्धित कुनैपनि गुनासाहरु राख्न पाईने छ । खासगरी, सहज रूपमा यात्रा गर्ने वातावावरण सिर्जना गर्ने उदेश्यले जिल्लाका मुख्य बजार तथा बसपार्कका क्षेत्रहरूमा यात्रु सहायता कक्षको स्थापना गरिएको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । सवारी साधनले ट्राफिक नियम अनुसार यातायात सेवा संचालन गरे नगरेको निगरानी गरी सडक दुर्घटनालाई नियन्त्रण समेत गर्नु यस कार्यक्रमको लक्ष्य रहेको छ ।


सुरक्षित यात्रा गराउन चालकलाई शुभकामना
सडक दुर्घटना न्यूनिकरण अभियानमा सहभागी गराउने उद्देश्यले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सभ्यता हाम्रो चाहना ,सुरक्षित यात्राको सबैमा शुभकामना भन्दै प्युठान प्रहरीले सवारी चालकलाई पुष्प गुच्छा, खादा र टिका लगाई सर्वसाधरणलाई सुरक्षित यात्रा गराउन शुभकामना दिईएको छ । नेपालीहरूको महान चार्ड विजया दशमी,शुभ दिपावली र छठ पर्वको अवसरमा लामो तथा छोटो दुरीका सार्वजानिक साधनहरूमा यात्रा गर्नुहुने सम्पूर्ण महानुभावहरूको सुरक्षित यात्रालाई लक्षित गर्दै चालकलाई शुभकामना दिर्ईएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ । व्यपारिक केन्द्र बाग्दुला, खंलगा बसपार्क, झिमरुक गाउँपालिकाको मच्छी, नौवहिनीको बाहाने चोकमा एक कार्यक्रमको आयोजना गरि चालकलाई शुभकामना दिईएको हो ।
सवारी धनि, चालक र सहचालक लाई यात्रुहरुसंग असल व्यवहार गर्ने, सिमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने, क्षमता भन्दा वढी यात्रुहरु नराख्ने, लामो दुरीको यात्रामा दुई जना सवारी चालकको व्यवस्थापन मिलाउन लगाउने, सवारी चालकलाई सवारी चलाउदा मा.प.से नगर्न प्रेरित गर्ने लगाएतका उदेश्यहरु पुरा गर्नका लागि चालकलाई शुभकामना कार्यक्रमको आयोजना गरिएको प्रहरी प्रमुख कार्कीले बताउनुभयो । साथै प्रहरी प्रमुख कार्कीले सम्पुर्ण पक्षहरुलाई दुर्घटना न्युनिकरण गर्ने अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top