मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

संविधान दिवसको अवसरमा वृक्षारोपण


सागर रिजाल
प्युठान,४ असोज ।
संविधान दिवसको अवसरमा शनिवार स्वर्गद्धारी नगरपालिका –४ स्वर्गद्धारी प्रवेशद्धारमा वृक्षारोपण गरिएको छ । धार्मिक तथा पर्यटकीय तिर्थस्थल स्वर्गद्धारीलाई लक्षित गरि वृक्षारोपण गरिएको हो । शहरी सौन्दर्यकरण कार्यक्रम अनुसार डिभीजन वन कार्यालय प्युठानको सहयोगमा वृक्षारोपण गरिएको हो ।
स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायको अध्यक्षता, जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर पन्थ, सुरक्षा निकायका प्रमुखहरु, जनप्रतिनीधि , कर्मचारी लगाएतको उपस्थित रहेको थियो । दिवसमा अवसरमा म्यान्गो स्टिनका एक सय ५० वटा विरुवाहरु रोपिएको थियो । यी विरुवाहरुले वातावरणीय सौन्दर्यता संगै औषधीजन्य बस्तु समेत रहेको छ । यसले क्यान्सर, डाईरिया लगायतका रोग भएका बिरामीलाई फाईदा समेत गर्ने गर्दछ । संगै यो फलफुलको रुपमा पनि प्रयोग गर्न सकिने डिभीजन वन कार्यालय प्युठानले जानकारी दिएको छ ।
वृक्षारोपण संगै भएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख थापाले संविधान समय अनुसार परिवर्तन हुदै गएको बताए । ०७२ सालमा जनताद्धारा निर्माण गरिएको संविधान कार्यान्वयनको चार वर्ष पार गरेको उनले बताए । त्यस्तै उनले संविधान दिवसको शुभकामना दिदै प्युठानको विकासका लागि समेत सबै एकजुट हुनुपर्ने बताए । जिल्लाको विकासका लागि दुस्मनले खुट्टाबाट होईन् हातबाट तान्नुपर्ने तर्क उनले व्यक्त गरेका थिए ।
स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख रोकायले स्वर्गद्धारीको सौन्दर्यताका लागि डिभीजन वन कार्यालयले यस क्षेत्रमा वृक्षारोपण गरेकोमा धन्यवाद व्यक्त गरे । आफ्नो नगर सौन्दर्य बनाउने अभियानमा वृक्षारोपणको पनि महत्वपूर्ण भूमिका रहने भएकाले यसको संरक्षणका लागि आफ्नो नगरपालिका सदैव जुटने उनले बताए ।
रक्तदान पनि
संविधान दिवस मूल समारोह समिती प्युठानको आयोजना तथा स्वास्थ्य कार्यालय प्युठान र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्युठानको समन्वयमा शनिवार प्युठान अस्पतालमा रक्तदान कार्यक्रम पनि गरिएको छ । नेपाली सेना ईन्द्रध्वज गणको तर्फबाट, राष्ट्रसेवक कर्मचारी, स्वयमसेवी रक्तदाता गरि नौ जनाले रक्तदान गरेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुवेदीले जानकारी दिए । उनका अनुसार दिवसकै अवसरमा रक्त समुह पहिचान, नामावली संकलन गरि राखिएको र आवश्यकता अनुसार रक्तदान दिने व्यवस्था समेत मिलाईएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top