
रमेश गिरी
प्युठान,२२ भदौँ ।
हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण भन्ने नारासहित ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा प्युठान नगरपालिकाले भाद्र २२ गते जिल्ला खेलकुुद विकास समितिको कवडहल पुण्यखोला प्युठानमा एक विशेष कार्यक्रम गरि ४५ जना शिक्षक तथा विद्यार्थीहरूलाई शिक्षा दिवसको अवसरमा सम्मानित गरिएकोछ ।
प्युठान नगरपालिकाले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न प्रत्येक वडाका माध्यमिक विद्यालय,आधारभुत विद्यालय र प्राथमिक विद्यालयहरूको निश्चित मापदण्ड र सुचकका आधारमा उत्कृष्ट विद्यालय तथा शिक्षकहरू छनोट गरेको हो । प्युठान नगरपालिका भित्र रहेका ५२ वटा सामुदायिक विद्यालय र ती विद्यालयमा कार्यरत स्थायी र राहत गरी २६७, बाल विकासका ६९ र ६१
उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम प्रतिनिधिहरूको रूपमा ४ जना, उत्कृष्ट बाल विकासका सहयोगी कार्यकताकार रूपमा २ जना, उत्कृष्ट विद्यालय कर्मचारीका रूपमा २ जना, उत्कृष्ट विद्यार्थीका रूपमा ११ जना सम्मानित भएका थिए । प्युठान नगरपालिका भित्र रहेका सबै विद्यालयहरूलाई शैक्षिक सत्र सुरू हुनु पुर्व सबै कक्षाका पाठयपुस्तक सेटमा उपलब्ध गराई सहयोग गर्ने गिरी पुस्तक पसलका संचालक रमेश गिरीलाई दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
नगरपालिकाले शिक्षा क्षेत्रमा योगदान पुराउने जम्मा ४५ जना व्यक्तित्वहरूलाई दोसल्ला ,नगद र प्रमाण पत्र सहित सम्मानित गरिएको छ । नगरपालिकाले विद्यालय र शिक्षकको सम्मानको लागि रू ३ लाख ६० हजार रूपैया बराबरको रकम खर्च गरेको छ ।
विद्यालयको भौतिक पूर्वाधार विकास र सुदृढीकरणको लागि समग्रमा रू २१ करोड ९८ लाख रकम विनियोजन गरेको छ त्यस्तै प्युठान नगरपालिकाले कक्षा १ देखि १० सम्म व्यवहारिक रूपमै निस्शुल्क शिक्षा लागू गरीएको छ भने विद्यार्थीले यस शैक्षिकसत्रमा विद्यालय भर्ना हुनको लागि तिरेको जम्मा रकम ६३ लाख रूपैया सबै विद्यार्थीलाई अभिभावक भेलाका माध्यमबाट रकम फिर्ता गर्ने योजना नगरपालिकाले बनाएको छ ।

यस कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभाका माननीय सदस्य कृष्णध्वज खड्काले उदघाटन समारोहमा बोल्दै देशमा आमुल परिवर्तन ल्याउने क्षेत्र भनेकै शिक्षा क्षेत्र हो र राज्यले पनि शिक्षा क्षेत्रमा ठुलो लगानी गरेको कुरा स्मरण गराउदै उहाँले प्युठान जिल्लाको विकाश र परिवर्तनको लागि अहोरात्र खटेको र अझ धेरै काम गर्न बाँकी रहेकोले सबैको साथ र सहयोग आबश्यक रहेको धारणा राख्नु भयो । प्युठान नगरपालिकाका साथै सबै स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको कुरा बताउदै खडकाले प्युठानी जनताको हितको लागि अधिकत प्रयास गरेको धारणा राख्नु भयो ।
शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगरप्रमुख अर्जुन कुमार कक्षपतिले समाज र राष्ट्र समृद्ध बनाउने कामको अभिभारा शिक्षकहरूको हातमा रहेकाले आफ्नो सम्पुर्ण क्षमता प्रस्तुत गरी शैक्षिक उपलब्धि बृद्भि गर्न निर्देशन दिनुका साथै पेशागत मर्यादा भित्र रही जिम्मेवारी बहन गर्न आग्रह गर्नु भएको थियो । उक्त कार्यक्रममा सम्मनित हुने विद्यालय तथा शिक्षकहरूलाई , शिक्षक महासंघ प्युठानका सह(अध्यक्ष शोभाराम भट्टराई , नेपाल रेडक्रस जिल्ला शाखा प्युठानका अध्यक्ष गुमानराज पुलामी , प्युठान उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष केदारमान कक्षपती, प्युठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्र बहादुर केसी, राजमो प्रतिनिधि ध्रुव बहादुर थापा, र टिकाराम रिजाल लगायतका वक्ताले सम्मानित हुने विद्यालय तथा शिक्षकलाई बधाई दिदै आगामी दिनहरूमा पनि अझै बढी सफलता हासिल गर्न शुभ(कामना दिनु भएको थियो । उक्त कार्यक्रममा कार्यपालिका सदस्य लगायतका जनप्रतिनिधिका साथै नेपाली कांग्रेसका सचिव देवेन्द्र वर्मा, प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरी र शसस्त्र प्रहरी का प्रहरी नायब उपरिक्षक,नगरपालिका शिक्षा शाखाका प्रमुख केशवराज गौतम, वि।नि। नरेन्द्र सुवेदी स्रोत व्यक्ति सविना पण्डित,प्युठान नगरपालिका शिक्षक महासंघ अध्यक्ष गोपाल घिमिरे सहित नगरपालिका अन्य कर्मचारीहरूको पनि उपस्थिति थियो भने कार्यक्रमको स्वागत भाषण उपप्रमुख शान्ता आचार्यले गर्नु भएको कार्यक्रमको संचालन स्रोत व्यक्ति विष्णुप्रसाद पोख्रेलले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा विभिन्न विद्यालयका छात्रछात्राहरूले हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण भन्ने वतृत्वकला प्रतियोगितामा भाग लिएका थिए । भाग लिएका विद्यालयहरू मध्ये प्रथम जनता मावि बास्वोट, दोस्रो जनता मावि बाग्दुला र तेस्रो मुक्ति मावि रातामाटाका विद्यार्थी भएका थिए ।
कमेन्ट गर्नुहोस !