सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

विद्यालय व्यवस्थापन र अनुगमन प्रणाली सम्बन्धी तालिम सञ्चालन


सागर रिजाल
प्युठान,८ साउन ।
ऐरावती गाउँपालिकाका आठ ओटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षक अभिभावक संघका अध्यक्षहरुलाई विद्यालय व्यवस्थापन र अनुगमन प्रणाली सम्बन्धी दुई दिने तालिम बुधवारदेखी शुरु भएको छ । कालिका विकास केन्द्र नेपाल र स्ट्रोमफाउण्डेसको सहकार्यमा सञ्चालित दिगो तथा मर्यादित आर्थिक सामाजिक शशक्तिकरण कार्यक्रम मार्फत तालिमको आयोजना गरिएको हो ।
तालिममा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र प्र.अ. का काम कर्तव्य, अधिकारका विषयमा छलफल भएको थियो । साथै सामाजिक परिक्षण, विद्यालय सुधार योजना,बालमैत्री विद्यालय लगाएतका विषयमा छलफल गरिने सामाजिक परिचालक शिवा रेग्मीले जानकारी दिनुभयो ।
तालिमको सहजीकरण प्युठान नगरपालिकाका शिक्षा श्रोत व्यक्ति विष्णु पोख्रेल र ऐरावती गाउँपालिका शिक्षा स्रोत व्यक्ति कुलबहादुर थापाले गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top