आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

भगौडा प्रशासकिय अधिकृतका बिषयमा यति धेरै रोदन किन ? ः युवा नेता श्रेष्ठ



प्युठान, २ साउन ।
अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा ५ नम्बर प्रदेश सह संयोजक सुमनराज श्रेष्ठले आज आफ्नो सामाजिक संजाल फेसबुकको प्रयोग गर्दै प्युठान नगरपालिकाका प्रशासकीय अधिकृत काशिराम गैरेका बिषयमा जिल्लाका काग्रेस नेता तथा कार्यकर्ताहरु यति धेरै रोदन तथा पिडाबोध नगर्न बताउनुभएको छ । विद्यार्थी नेता श्रेष्ठले रास्ट्रसेबक कर्मचारिलाइ नेपालको कानुनमा खुला राजनिती गर्ने अधिकार नभएको बताउनु साथै प्रशासकीय अधिकृत गैरेले राजनितिक पुर्बाग्रहका साथ सबै प्रक्रिया पुरा गरेको प्युठान नगरपालिका १० को बाख्रापालन भुक्तानी रोकेको समेत बताउनुभएको छ । साथै उनले नेपाली काग्रेस प्युठानले प्रमुख प्रशासकीय अधिकृतलाइ उचाली तथा प्रयोग गरि राजनीति गरेको बताउनुका साथै राजनीति गर्नेहरु रास्ट्रसेबक कर्मचारिलाइ प्रयोग गरि भन्दा पनि जनताकै बिचबाट नै आउनु पर्ने बताउनुभएको छ । साथै उहाले व्यंग्यात्मक ढंगले नेपाली काग्रेसका केहि नेताले केहि बर्ष पहिले बाख्रापालनको लागी अनुदान लिइ रकम कोल्याप्स पारेको समेत बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top