आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

ऐरावती गाउँपालिकाको बजेट पारित ,खानेपानीका लागि पाँच करोड भन्दा वढी बजेट विनियोजन


सागर रिजाल
प्युठान,३० असार
ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ०७६÷०७७ का लागि बजेट पारित गरेको छ । गाउँपालिकाको छैठौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले पेश गरेको ३७ करोड तीन लाख ७० हजार बराबरको बजेट सर्वसम्मत रुपमा सभाले पारित गरेको हो । असार १० गते नीति तथा कार्यक्रमसंगै पेश गरेको बजेट व्यापक छलफल सहित सोमबार पारित गरिएको हो ।
सभाले खानेपानीलाई प्राथमिकता दिई बजेट विनियोजन गरेको छ । सभाले विजुली लिफ्ट खानेपानीका लागि रु दुई करोड , तिल्केनी चुत्रेनी लिफ्ट खानेपानीका लागि रु एक करोड १५ लाख, दाङवाङ लिफ्ट खानेपानीका लागि रु एक करोड, महेन्द्रदिप–गहतेपाटा– सिमलचौर लिफ्ट खानेपानीका लागि रु ६० लाख, लाद्म लिफ्ट खानेपानीका लागि रु ५२ लाख , बरौला खानेपानीका लागि २० लाख लगाएतका खानेपानी आयोजनालाई रु पाँच करोड २४ लाख ५० हजार बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै गाउँसभाले शिक्षालाई पनि प्राथमिकता साथ अगाडी वढाउने निर्णय गरेको छ । जसअनुसार शिक्षाका लागि दुई करोड आठ लाख ३८ हजार बजेट विनियोजन गरिएको छ । औद्योगिक ग्राम स्थापनाका लागि रु ८० लाख, पुस्तकालयका लागि रु ३० लाख, कृषि विकासका लागि रु ५२ लाख, पशुविकासका लागि रु ५५ लाख, स्वास्थ्यका लागि रु ७५ लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै अध्यक्षसंग वन संरक्षण कार्यक्रमका लागि रु २५ लाख, उपाध्यक्षसंम्म न्यायीक पहुँच कार्यक्रमका लागि रु १२ लाख, खेलकुद मैदान निर्माणका लागि रु ४० लाख, खेलकुद प्रतियोगिताका लागि रु २० लाख, भ्युटावर निर्माणका लागि रु २० लाख, पर्यटन विकासका लागि रु २० लाख, कोशेली घर सञ्चालनका लागि रु पाँच लाख , लक्षित वर्ग कार्यक्रमका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै सड्क तर्फ दुई करोड ८५ लाख रुपिँया बजेट विनियोजन गरिएको छ । जसमा बरौला–देउराली–दाङवाङ सड्क स्तरउन्नती, हरियाखोला –जाबुने सड्क स्तरउन्नती, बरौला चुकादेखी दाङवाङ जुडा जोड्ने सड्कलाई मुख्य प्राथमिकतामा राखिएको उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।


ज्ञानी छोराछोरी कार्यक्रम
गाउँपालिकाको छैठौ गाउँसभाले ज्ञानी छोराछोरी कार्यक्रमलाई पनि नयाँ कार्यक्रमको रुपमा अगाडी वढाएको छ । पालिकाका छ वटै वडामा बालश्रम, बालहिंसा र बालविवाह न्युनीकरण गर्ने उदेश्यले यो कार्यक्रमलाई अगाडी सारिएको गाउँपालिका अध्यक्ष नवीलविक्रम शाहले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस कार्यक्रम लागु भएसंगै यस्ता गतिविधिमा कमि आउने विश्वास लिएको छु । ’ यो कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
जेष्ठनागरिक अनुभव केन्द्र
गाउँपालिकाले जेष्ठनागरिककालागि पनि कार्यक्रम अगाडी सारेको छ । जेष्ठ नागरिक अनुभव आदान प्रदान केन्द्र भवन निर्माणका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ । उमेरले नेटो काटेका जेष्ठनागरिकहरुलाई घरमा समय विताउन गाहृो भएको अवस्थामा उक्त केन्द्रमा गई आपसमा अनुभव साटासाट गर्नुका साथै भजनकृतन गरि समय विताउनको लागि पनि सहज हुने उपाध्यक्ष बस्नेतले जानकारी दिनुभयो । त्यस्तै अगिल्लो आर्थिक वर्षदेखी लागु गरेको बृद्धलाई ओखती कार्यक्रमलाई पनि यस वर्ष निरन्तरता दिएको समेत उपाध्यक्ष बस्नेतले बताउनुभयो ।

गाउँसभामा अध्यक्ष नवीलविक्रम शाहले अगिल्ला वर्ष जस्तै यस आर्थिक वर्षपनि जनताको आवश्यकता अनुसार बजेट विनियोजन गरेको बताउनुभयो । पारित भएका योजनाहरुको कार्यान्वयनका लागि सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । त्यस्तै उपाध्यक्ष बस्नेतले समग्र राष्ट्रको बलनै घरघरको एकताबाट प्राप्त हुने भन्दै यस गाउँपालिकाका हरेक घरहरुलाई सूचना तथा सञ्चार, विभिन्न पूर्वाधारहरुको विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारीमा स्थानीय तहको वढ्दो लगानी र अवसरहरुको सिर्जनाको माध्यमबाट एकताको एउटै सुत्रमा बाधी सुन्दर र समुन्नत ऐरावतीको निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलीले बजेट विनियोजन गरेर मात्र नभई बजेटको सहि कार्यान्वयनमा जोेड दिनुपर्ने बताउनुभयो । गत वर्ष भन्दा यस आर्थिक वर्षमा योजना कम रहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सम्मानित
गाउँसभाले यस वर्षको उत्कृष्ट्र कर्मचारीको रुपमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओलीलाई कदरपत्र र अन्य उपहार सहित सम्मान गरिएको छ । गाउँपालिको प्रशासनिक कार्यमा राम्रो काम गरेको मुल्याकन गर्दै ओलीलाई सम्मान गरेको हो । ओली गाउँपालिका स्थापना संगै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहदै आउनुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top