
सागर रिजाल
प्युठान,२४ असार ।
प्युठानमा आपतकालिन कार्य सञ्चालन केन्द्रको उद्घाटन गरिएको छ । केन्द्रको मंगलबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले उद्घाटन गर्नुभएको हो । ७७ वटा जिल्ला मध्ये ५३ औँ जिल्लाको रुपमा प्युठानमा केन्द्रको स्थापना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले जानकारी दिनुभयो । केन्द्र तथा प्रदेश सरकारबाट केन्द्र सञ्चालनका लागि कुनै श्रोत नआएपनि आफ्नो कार्यकालमा केन्द्र सञ्चालन गरेको प्रजिअ गैहृेले बताउनुभयो ।
जिल्लाको भूबनोट संगै जैविक प्रकोपका विषयमा सूचना दिने कार्यको सञ्चालन गरिनु राम्रो कार्य भएको जिल्ला समन्वय समितिका प्रमुख आचार्यले बताउनुभयो । यो यन्त्र मार्फत विपद्का सूचना सहज रुपमा थाहाँ पाईने उहाँले बताउनुभयो । उहाँले यस कार्यमा स्थानीय सरकारपनि सहकार्य गरेर अगाडी वढनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुन कुमार कक्षपतिले जिल्लामा यो कार्य सञ्चालन नहुँदा अगिल्ला वर्षमा निकै समस्या भोगेको बताउनुभयो । यसको स्थापनाले दैविक प्रकोप उद्धारका लागि महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाई छ । स्थानीय सरकारले पनि दैविक प्रकोपमा उद्धारका लागि आपतकालिन कोषको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
विपद्का सूचना संकलन गर्ने
जिल्ला विपद् व्यवस्थापन समितिको मातहतमा सञ्चालन भएको केन्द्रले विपद् सम्बन्धी सूचना संकलन र सम्बन्धीत निकायमा रिर्पोटिङको काम गर्ने प्रजिअ गैहृेले बताउनुभयो । बर्खाको समय सुरु भएको छ, विपद्का घट्नाहरु यो समयमा वढी हुन्छन्, प्रजिअ गैहृेले भन्नुभयो,–‘यहि समयलाई मध्यनजर गरि केन्द्र सञ्चालनमा ल्याएका हौँ । ’ वाढी, पहिरो, चटयाङजस्ता घट्नाहरु यो समयमा वढी हुने हुदाँ यसले सहयोग पु¥याउने अपेक्षा उहाँको भनाई छ ।

केन्द्र २४ घण्टा सञ्चालन
आपतकालिन कार्य सञ्चालन केन्द्र २४ सैँ घण्टा सञ्चालन हुने प्रजिअ गैहृेले बताए ।
केन्द्र सञ्चालनका लागि ५ नंम्बर प्रदेश सरकारबाट एक जना सूचना केन्द्रका लागि कर्मचारी पठाएको र दुई जना नेपाली प्रहरी र दुई जना नेपाली सेना परिचालित गरेको उहाँले बताउनुभयो । ‘२४ सैँ घण्टा विप्द सम्बन्धी सूचना संकलन र रिर्पोटिङ, उद्धारका काम हुन्छ, प्रजिअ गैहृेले भन्नुभयो,–‘विपद्का घट्नाका बारेमा प्रदेश आन्तरिक कानुन मन्त्रालयमा समेत जानकारी गराउछौँ । ’
जिल्लाका विभिन्न स्थानमा विपद्का घट्ना घटेमा तत्काल उद्धारको लागि विपद् उद्धार समुह राखीएको प्रमुख जिल्ला अधिकारी गैहृेले बताउनुभयो । जिल्लाका नौ वटै स्थानिय तहले विपद् व्यवस्थापनका सामाग्री समेत खरिद गरेका छन् भने आपतकालिन कार्य सञ्चालनबाट पनि ३० प्रकारका उद्धार सामाग्री राखीएको उहाँले बताउनुभयो । आपतकालिन कार्य सञ्चालन केन्द्रका लागि गृहमन्त्रालयसंग आवश्यक श्रोत र साधनको माग गरिएको प्रजिअ गैहृेले बताउनुभयो ।
चालु आवमा ६ करोड भन्दा वढी क्षती
प्युठानमा चालु आर्थिक वर्ष ०७५÷०७६ मा वाढीपहिरो, आगलागी, चट्याङका घट्नाहरु घट्दा ६ करोड भन्दा आर्थिक क्षती भएको प्रमुख जिल्ला अधिकारी गैहृेले जानकारी दिनुभयो । त्यस्तै चालु आवमा विपद्मा परि नौ जनाको मृत्यु समेत भएको छ । विपद्का घट्नामा २१ लख भन्दा वढी राहत रकम उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय जानकारी दिएको छ ।
विपद्का घट्ना न्युनीकरणका लागि बाग्दुला क्षेत्रमा पानीको सतह मापन गर्ने यन्त्र, गौमुखी गाउँपालिकाको रजवारामा वर्षामापन यन्त्र, पूर्व सूचना प्रणाली यन्त्र जस्ता यन्त्रहरु केहि समयमा जडान गरिने प्रजिअ गैहृेले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !