आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

अम्मी सुनारको उचारका लागि सहयोग रकम उठ्नेक्रम जारी


सागर रिजाल
प्युठान १४ असार
जिल्लाकोे गौमुखि गाउँपालिका ४ पुजाँका अम्मी सुनार करीब एक वर्षदेखी पाठेघरको क्यानसरको उपचार गराउँदै आउनुभएको छ । काठमाण्डौको थापाथलि प्रसुति  गृहमा उहाँको उपचार भईरहेको छ । उहाँको उपचारमा अहिलेसम्म करीब ८ लाख खर्च भईसकेको र एक महिनामा ६० हजार खर्चलाग्ने डाक्टरहरुले बताएका छन ।
सुनारको आर्थिक अवस्था कमजोर भएका कारण र उहाँको जिवन रक्षाको लागि अनेरास्ववियु प्युठानका सचिव जाल बहादुर केसीको पहलमा अम्मी सुनार बचाउ अभियान चलेको छ । यो अभीयानबाट अहिलेसम्म ६० हजार रुपिँया विभिन्न व्यक्तिहरुबाट सहयोग रकम उठाउन सफल भएको केसीको भनाई रहेको छ । आफुहरुको सानो सहयोगले उहाँको जिवनरक्षा हुने भन्दै यो कार्यमा लागेको उहाँले बताउनुभयो ।
नौबहिनी गाउँपालिका ५ निवासी समाजसेवी दिल बहादुर थापाले १० हजार, ,प्यूठान नगरपालिका वडा न ३ वडा अध्यक्ष प्रेम हमालले एक हजार पाँच सय, राप्ति होटलका संचालक जुद्धबहादुर कुँवरले एक हजार पाँच सय, ऐरावती गाउँपालिका उपाध्यक्ष बुद्ध बहादुर बस्नेतले पाँच हजार, प्युठान नगरपालिका वडा नम्बर दुई हाँल भारत दिल्लीमा रहनुभएका नरेन्द्र आचार्यले पाँच हजार, झिमरुक पेट्रोल पम्म तथा झिमरुक ग्यास सप्लायर्सका प्रमुख प्रशुता अधिकारीले रु दुई हजार उपचारको लागि सहयोग गर्नुभएको छ ।
त्यस्तै अम्मी सुनारको उपचारकै लागि ईश्वर थापा मगरले पाँच हजार, शिशिर थापाले दुई हजार पाँच सय,प्युठान नगरपालिका ४ का कमल श्रेष्ठले दुई हजार, ऐरावती गाउँपालिका ५ का मिलन खड्काले एक हजार पाँच सय, ऐरावतीकै जीवन राउतले एक हजार पाँच सय, मल्लरानी गाउँपालिका ४ का बाबुराम उपाध्यायले एक हजार, प्युठान नगरपालिका वडा नंम्बर ३ का सुमनराज श्रेष्ठले चार हजार, प्युठान नगरपालिका २ का सुरज रोकामगरले एक हजार पाँच सय, दीपेन्द्र केसीले रु पाँच हजार सहयोग गर्नुभएको छ । यसैगरी सहयोग गर्नेहरुमा प्युठान नगरपालिका वडा नंम्बर ८ का मुकेश थापाले पाँच हजार, सुन्दर केसिले रु दुई हजार, सिताराम केसीले २ हजार, रेकम सुनारले २ हजार, विस्नु न्यौपानले २ हजार, जनक केसीले १ हजार, चित्रलाल गिरिले १ हजार, नारायण आचायले १ हजार, टुकलाल न्यौपानेले ५ सय, बसन्त न्यौपानेले ५ सय, अनिल गुभाजुले १ सय, बेगम गिरिले १ सय, केसर बस्नेले १ सय, खेतुलाल गुरुङले २ सय, मदुसुधन थापाले १ सय सहयोग गर्नुभएको छ । नौवहिनी गाउँपालिका ६ का भरत केसीले पाँच हजार ५ सय, प्युठान नगरपालिका ५ का वडा अध्यक्ष लक्षुमन भण्डारीले दुई हजार , प्युठान नगरपालिका वडा नंम्बर ३ का टंक बहादुर खड्काले दुई हजार सहयोग गर्नुभएको छ ।
मल्लरानी गाउँपालिका वडा नंम्बर ४ का दामोदर पाण्डेले रु पाँच सय , नौवहिनी गाउँपालिका वडा नंम्बर ४ का तकमान पुन मगरले तीन हजारल एक सय पाँच , अबिह् बर्मा प्युठान नगरपालिका ७ रु तीन हजार , प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्यले रु एक हजार र प्युठान नगरपालिका वडा नंमबर ८ की पवित्रा जिसीले रु पाँच सय सहयोग गर्नुभएको अभियान्ता जालबहादुर केसीले बताउनुभयो । केसीले अस्मी सुनारलाई बचाउ अभियानलाई सहयोग गरि सबैले सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । सहयोग गर्न चाहानेले फोन नम्बर ९८५७८३३८८८ मा सम्र्पक गरी सहयोग गर्नसक्ने उहाँले आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top