
सागर रिजाल
प्युठान,११ असार ।
प्युठान जिल्लामा नौ वटै स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । जिल्लाका नौ वटै स्थानीय तहले मंगलबार आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागी नीति, कार्यक्रम र बजेट ल्याएका हुन् । अन्तर सरकारी बित्तिय व्यवस्थापन स्थानीय तहले असार १० गतेभित्र अनिवार्य बजेट ल्याउनुपर्ने प्रावधान अनुसार स्थानीय तहद्धारा आ– आफ्ना सभाबाट नीति, कार्यक्रम र बजेट ल्याएका हुन् ।
ऐरावती गाउँपालिकाले छैठौ गाउँ सभाबाट आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । गाउँपालिकाका अध्यक्ष शाहले गत आर्थिक बर्ष तथा हालसम्म सम्पन्न गरेका गतिबीधीहरुको अनुभब तथा सिकाईलाई आत्मसाथ गर्दै आर्थिक सामाजिक बिकास कार्यान्वय सेवा प्रवाह, पूर्वाधार बिकास, वातावरण संरक्षण आर्थिक अनुशासन तथा सुशासन प्रवद्र्धनका कार्यक्रमहरु उच्च प्राथमिकतामा राख्दै सुन्दर, शान्त समुन्त ऐरावती गाउँपालिका बनाउन लागी परिरहेको शाहले बताए ।
जस अनुसार कृषि क्षेत्रलाई आधुनिकिरण,व्यवसायीकरण गरी रोजगारी र आय वृद्धि गरी गाउँपालिकालाई कृषि आत्मनिर्भर बनाउने,गाउंपालिका भित्रका पर्यटकिय स्थलहरुको पहिचान गरी संरक्षण एवंम बिकासका गर्ने, विद्यालय शिक्षामा पहुँच तथा गुणस्तर अभिवृद्धि गर्ने, प्राथामिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, शुद्ध खानेपानीमा जोड दिने र गाउँपालिकाभित्र सडकहरुको विकासलाई व्यवस्थित गर्न सडक गुरुयोजनामा भएको मापदण्ड पुर्णरुपले लागु गर्ने लगायत थुप्रै कार्यक्रमहरु अगाडी सारेको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिए । गाउँसभामा पेश गरेको गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ को निति तथा कार्यक्रम सभाले सर्बसम्मत रुपमा पास गरेका गाउँपालिकाले जनाएको छ ।
प्युठान नगरपालिकाको पाचौँ नगरसभामा नगरप्रमुख अर्जुन कुमार कक्षपतीले आर्थिक वर्ष ०७५÷०७६ को नीति तथा कार्यक्रममा भए गरेका प्रयासहरूको संक्षिप्त प्रगति विवरण प्रस्तुत गर्दै आ.व.२०७६÷ ०७७ को लागि अख्तियार गरेको नीति तथा कार्यक्रम सभामा पेश गरेका थिए ।
कृषिमा यान्त्रीकरण ,विविधीकरण एवं व्यवसायीकरणमा जोड दिईने,एक वडा एक उत्पादन कार्यक्रम संचालन गरिने, स्थानीय श्रोतको उपयोग र बिस्तारमा जोड दिइने, बढ्दो खाद्यान्न आयातलाई मध्यनजर गरि सघनतामा जोड दिईने भएको छ । प्युठान नगरपालिकालाई कक्षा १ देखि १० सम्म व्यवहारिक रूपमै निशुल्क शिक्षा नगरपालिका घोषणा गरिने, शैक्षिकसत्रबाटै लागु हुने गरि विद्यार्थीहरूबाट उठाईएको शुल्क फिर्ता गरिने लगाएतका कार्यक्रमहरु पारित गरेको नगरप्रमुख कक्षपतीले जानकारी दिए । पाचौँ नगरसभामा नगरउपप्रमुख शान्ता आचार्यले आर्थिक वर्ष २०७६÷०७७ को लागि अनुमानित ६४ करोड ५० लाख रूपैया बरावरको बजेट नगरसभामा पेश गरेकी छिन् ।

स्वर्गद्वारी नगरपालिकाको पाँचौ नगरसभाले आर्थिक वर्ष ०७६÷०७७ का लागि ५१ करोड ६५ लाख ९२ हजारको बजेट प्रस्तुत गरेको छ । नगरले आर्थिक वर्ष ०७६÷०७७ का लागि उज्यालो नगर कार्यक्रम,एक घर एक धारा,सुरक्षित आवास तथा खरको छानो मुक्त स्वर्गद्वारी नगर, जनता सगं मेयर कार्यक्रम, उपमेयरको कोसेली कार्यक्रम,स्वर्गद्वारी नगर कप खेलकुद,नगर प्रमुख कृषि आत्मनिर्भर कार्यक्रम,एक वडा एक नमूना सडक,जिरो होम डेलिभरी कार्यक्रमहरु पारित गरेको नगरप्रमुख नेत्र बहादुर रोकायले जानकारी दिए ।
माण्डवी गाउँपालिकाको छैठौं गाउँसभा मार्फत अध्यक्ष श्रीधर रोकाले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । उक्त सभामा २०७६÷०७७ को आर्थिक ऐन, बिनियोजन ऐन तथा २९ करोड ६६ लाख ४७ हजार बराबरको अनुमानित बजेट तथा कार्यक्रम पनि पेश गरिएको छ । पालिकाले आगामी आर्थिक वर्षमा खानेपानि, सडक, शिक्षा, दुर्गम ठाउँमा स्वास्थ्य शेवा पु¥याउने उदेश्यले स्वास्थ्य संस्था स्थापना गर्ने, स्थानियतहमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरीने, कृषि तथा भेटेनरी क्षेत्रलाई प्राथमिकता, कृषकहरुको लागि वजारीकरणको व्यवस्था, स्थानियतहमा रहेका कर्मचारीहरुको सेवा सुविधामा वुद्धि गरीने,खानेपानीका आयोजनाका काम गरिने गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए ।

सरुमारानी गाउँपालिकाको जम्मा ३३ करोड ८५ लाख ७८ हजार बराबरको अनुमानित बजेट तथा कार्यक्रम पेश गरीएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँसभामा गाउँसरकार प्रमुख झग बहादुर विश्वकर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाको समृद्धि र विकासका लागि ५ वर्षे आवधिक योजना निर्माण गरि योजनाको लक्ष्य अनुसार वार्षिक योजनालाई आवद्ध गरि कार्यक्रम संचालन गरिने बताए । पालिकाले आगामी वर्षका लागि कृषि उत्पादन गर्न किसान संग गाउँ सरकार कार्यक्रमलाई निरन्तरता, गाउँमा प्रहरीको व्यवस्था, ल्याव सेवा सञ्चालन, सामुदायिक वन संग साझेदारी, अनाथ वालवालिकालाई मासिक भत्ताको व्यवस्था, महिला स्वयंशेविकाहरुको सेवा सुविधामा वृद्धि गर्ने योजना गाउँपालिकाले अघि सारेको प्रमुख प्रशासकीय अधिकृत अमर ओलीले जानकारी दिए ।

नौबहिनी गाउँपालिकाले गाउँसभाबाट आर्थिक बर्ष २०७६÷ ७७ का लागि ४६ करोड ८० लाख बराबरको वजेट प्रस्तुत गरेको छ । आम नागरीकहरुको क्षेत्रमा स्वरोजगारमुखि कार्यक्रम सञ्चालन गर्ने , आगामि दिनमा टुक्रे योजनालाई अन्ते गरीने तथा शिक्षा, स्वास्थ्य, सडक, पुर्वाधारलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए ।
गौमुखि गाउँपालिकाले ३२ करोड बराबरको अनुमानित वजेट पेश गर्ने भएको छ । जस अनुसार निति तथा कार्यक्रममा विभिन्न योजनालाई प्राथमिकता साथ अगाडि वढाएको छ । खानेपानि, सडक, शिक्षा, दुर्गम ठाउँमा स्वास्थ्य सेवा पु¥याउने उदेश्यले स्वास्थ्य संस्था स्थापना गर्ने, स्थानियतहमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरीने, कृषि तथा भेटेनरी क्षेत्रलाई प्राथमिकता दिने कार्यक्रम बनाएको गाउँपालिका अध्यक्ष विष्णु गिरिले जानकारी दिए ।
झिमरुक गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालका अनुसार आर्थिक वर्ष ०७६÷०७७ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेको जानकारी िदए । वृक्षारोपण, तटवन्ध नदि नियन्त्रण तथा जलवायु अनुकुलनमा कार्यक्रहरु कार्यान्वयन गरीने उनले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !