आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

विद्युत अनियमितका विषयमा प्युठानका जनप्रतिनिधीहरु के भन्छन त


प्यूठानमा विद्युतसेवा नियमित नबन्दा जनजिवन कष्टकर बन्दै गएको छ । छिनमै आउने छिनमै जाने विद्युत सेवाले प्यूठानीहरुले सास्ती भोग्नुपरेको छ । विद्युत सेवा नियमित नबन्दा जिल्लाका सरकारी तथा गैह्रसकारी कार्यालयहरु, वित्तिय संघसस्था, उद्योगी व्यापारीहरुले प्रत्यक्ष मार खेपीरहेका छन् भने विद्युत सेवामा भरपर्ने एफ.एम रेडियो, साना लघु तथा घरेलु उद्योग, कुखुरापालक, काष्ट उद्योग, प्रेस संचालकहरुले बढी समस्या भोग्दै आएका छन् ।

के भन्छन् जनप्रतिनिधिहरु?
प्रस्तुत छ हाम्रो एकताका लागि उप–सम्पादक प्यार अलि खाँनले जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीसंग गरेको कुराकानीको सारसंक्षेप……
नियमित विद्युत पाउने पहिलो प्राथमिकतामा प्यूठानी – दुर्गा पौडेल संघिय सांसद प्यूठान


झिमरुक प्यूठानको खोला हो । जलविद्युत प्यूठानबाटै उत्पादन हुने अनि प्यूठानी पहिलो प्राथमिकतामा नपर्ने यो हुन सक्दैन । यहाँबाट उत्पादित विद्युत पहिला प्यूठानीले उपभोग गर्न पाउनु पर्दछ अनि वाँकी बचेकुचेको अन्यत्र ठाँउमा । वास्तविक के हो त्यसवारे अझैँ गरिराईमा पुगिएको छैन् यहाँको विद्युत जिल्ला बाहिरका उद्योग कलकारखाना तथा कम्पनिहरुले प्रयोग गरेको सुनिएको छ । वास्तविक समस्या के हो? यसबारे जनप्रतिनिधिहरुलाई प्राविधिक पक्षबारे केही थाहा हुदैन । प्राधिकरणले स्पष्टरुपमा भन्नु पर्दछ समस्या यहाँनेर हो, समाधानका लागि उहाँहरुबाट हुने उपायको उच्चतम खोजी हुनुपर्दछ र जनप्रतिनिधिका हैसियतले हामीले कहाँ के–गर्न पर्दछ हामी प्यूठानको विद्युतलाई नियमित बनाउन कुनै कसर वाँकी राख्दैनौँ । जनताले अत्यन्त दुख पाईरहेका छन् यो हामीलाई सह्रय हुदैन । प्राधिकरणले समस्याबारे स्पष्ट रुपले हामीलाई भन्नुप¥यो समस्या समाधानका लागि क्षेत्र, केन्द्र, विभाग कहाँ के गर्न पर्दछ हामी लागी पर्ने छौँ ।

जनताले २४ सै घण्टा बिजुली पाउनु पर्दछ –हरि रिजाल प्रदेससभा सदस्य प्यूठान (क)


लोडसेडिङ्गमुक्त देस घोषणा भएको छ । देशलाई कम्युनिष्ट सरकारले नेतृत्व गरिरहेको अहिलेको परिस्थितिमा अघोषित लोडसेडिङ्ग किमार्थ सोभनिय तथा स्वीकार्य हुदैन जनतालाई । कहाँ कस्ले वा प्राविधिक गडबढी के हो हामी सब जाँचपड्ताल गरि छिट्टै समस्या समाधानमा लाग्नेछौँ । प्यूठानी जनताले प्राविधिक गडबडी बाहेकका दिनमा २४सै घण्टा विजुलीको उपभोग गर्न पाउनु पर्दछ । सबै क्षेत्रमा कम्प्यूटर इमेल र इन्टरनेटको युग छ । हाम्रा प्रशासनिक निकायमा अहिले कामको चाप बढी छ बिजुली आउनेजाने समस्याले जिल्लाका सरकारी, अर्धसरकारी संघसंस्था तथा उद्योगी तथा व्यववसायीहरु प्रत्यक्ष रुपमा मारमा परेका छन् । हामी यो समस्याबाट नजिकबाटै परिचित छौँ र चाँडै निरुपण पनि गर्नेछौँ ।
समस्या समाधानका लागि केन्द्रमा पहल गर्ने छौँ –कृष्णध्वज खड्का प्रदेससभा सदस्य प्यूठान (ख)


अहिले देसव्यापी समस्याको रुपमा विद्युत सेवा अनियमित छ । प्यूठानमा पनि यो समस्याले जनतालाई सास्ती दिएको छ । अहिले झिमरुक पावर हाउसबाट विद्युत उत्पादन हुन सकिरहेको छैन् र त्यसको असर पनि हुनुपर्दछ । राष्ट्रिय प्रशारण केन्द्र लमहीबाट हामीले विजुली उपभोग गरिरहेको पछिल्लो परिस्थितिमा विद्युत नियमित हुनुको प्रमुख समस्या भोल्टेज अपडाउन समस्या देखिएको सरोकारवाला पक्षसंगको छलफल मार्फत बुझिएको छ । हामीले नेपालगंज विभागको पनि ध्यानाकर्षण गराएका छौँ । समस्या समाधानका लागि के–कसरी हुन्छ हामी राष्ट्रिय प्रशारण केन्द्रमा पनि गम्भीरतापूर्वक प्यूठानको विद्युत समस्याबारे ध्यानाकर्षण गराउने छौँ ।
जनताले सास्ती पाउनु हँुदैन – तारा जि.सि समानुपतिक सांसद प्रदेससभा

प्यूठानमा विद्युत नियमित नभएको खबर मलाई थिएन । तपाईले जानकारी गराउनु भयो । प्राय जिल्ला बाहिर धेरै बसाईहुँदा जानकारीमा नआएको हुनसक्छ जहासम्म बिजुली आउनेजाने समस्या छ यो नितान्त जनतालाई दुःख र सास्ती हुने कुरा हो यो समस्याबारे मैले पनि सम्वन्धित ठाँउमा ध्यानाकर्षण गराउने छु र समस्या समाधानमा हाम्रो सकृय पहलकदमी हुनेछ । गम्री मौशम छ सबै कामकाज बिजुलीमा निर्भर हुनेहुँदा विजुलीको उपभोग प्यूठानी जनताले सहजै रुपमा बिना बाधा अवरोध सेवा पाउनुपर्दछ ।
सम्वन्धित ठाँउमा ध्यानाकर्षण गराएका छौँ –बद्रीनाथ गैहे्र प्रमुख जिल्ला अधिकारी


विद्युत आपुर्तिमा देखिएको समस्याका बारेमा मैले पनि पटक पटक चासो राख्दै समस्या समाधानका लागि क्षेत्र र केन्द्रसम्म सम्पर्क गरेको थिए । समस्या भोल्टेजकै भन्ने आयो, तराईमा पनि यस्तै समस्या छ भन्ने सुनियो । यसरी सुचनाबिना विद्युत आउनेजाने भन्दा तालिका प्रकाशन गरि एक दुई घण्टा लोडसेडिङ्ग गरेर भएपनि अरु बेला नियमित आपुर्ति गराउन सकिन्छ की भनेर वैकल्पीक उपायको खोजीबारे छलफल ग¥यौ तर त्यो पनि सम्भव रहनेछ । खोलाहरुमा पानीको बहाव नबढ्दासम्म समस्याको स्थायी समाधान नहुने जस्तो देखियो । यद्यपी भोल्टेज समस्या हटाउन हामीले केन्द्रमा पनि जाहेर गरिरहेका छौँ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top