
सागर रिजाल
प्युठान,२ असार
जिल्ला प्रशासन कार्यालय प्युठानले जिल्लाका सम्पूर्ण सार्वजनिक निकायका नागरिक बडापत्रलाई एकीकृत गरि एकीकृत नागरिक बडापत्र प्रकाशन गरी सोमबार कार्यान्वयनमा ल्याएको छ । वडापत्रमा संघ, प्रदेश, स्थानीय तह र संस्थान अन्तर्गतका ३८ कार्यालयका नागरिक वडापत्र समेटिएका छन् ।
आम नागरिकका अवस्थालाई मध्यनजर गरि नागरिक बडापत्र कार्यान्वयन गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले जानकारी दिनुभयो । वडापत्रलाई वडा स्तरसम्म पुर्याउन सकेमा त्यसबाट आम नागरिक तथा सेवा प्रदायक निकायहरुमा रहेको अन्यौतलाई हटाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,–‘सार्वजनिक सेवामा सबैको सहज पहँुच कायम गर्न र छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा लिएको छु । ’
बडापत्रमा कार्यालय प्रमुख, सूचना अधिकारी तथा स्थानीय जनप्रतिनिधिको सम्पर्क नम्बर तथा महत्वपूर्ण सूचना तथा सन्देशहरू समेटिएको प्रजिअ गैहृेले जानकारी दिनुभयो । यी एकीकृत नागरिक वडापत्रहरू हरेक कार्यालय तथा स्थानीय तहका वडाहरूमा राखिने र सेवाग्राही तथा कर्मचारीलाई सेवा प्राप्ति तथा प्रवाह सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !