आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

माण्डवीमा एक सय २० जनालाई रोजगार


सागर रिजाल
प्युठान,२ असार ।
माण्डवी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत एक सय २० जनालाई रोजगारी दिएको छ । गाउँपालिका क्षेत्रभित्र विभिन्न क्षेत्रमा काम गर्ने गरि रोजगार प्रदान गरिएको हो । रोजगार कार्यक्रमको सोमबार वडा नम्बर ३ नयाँगाउँमा एक समारोहको आयोजना गरेर सुभारम्भ गरिएको छ । गाउँपालिका भित्र वडाहरुमा बेरोगार दर्ता संकलन गरिए अनुसार घरमा कुनैपनि रोजगारीमा नगएका, एकल महिला र बिपन्न परिवारलाई रोजगारि प्रदान गरिएको छ ।
रोजगार आयोजनाको ढाँचा, स्थानीयस्तरमा आयोजनाको कार्यान्वयन, समन्वय, अनुगमन, निर्देशन र संयोजन, बजेट व्यवस्थापनका जस्ता बिषयको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले कामदारलाई जानकारी गराउनुभएको थियो । रोजगार कार्यक्रम अन्र्तगत सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, शिक्षा, वन तथा जलाधार, पर्यटन तथा स्थानीय आवश्यकता अनुसारका अन्य श्रमप्रधान आयोजनाका काम गरिने रोजगार संयोजक उर्मीला केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–‘ वडा वडाबाट योजना छनौट गरि काम गरिएको छ । ’ रोजगार कार्यक्रम सहभागी कामदारले ३० दिन सम्म काम गर्नेछन् । प्रतिदिन छ सय रुपैयाँमा १ प्रतिशत कर कट्टी गरी पाँच सय ९४ रुपैयाँका दरले ज्याला पाउने संयोजक केसीले बताउनुभयो ।
माण्डवी गाउँपालिकामा एक हजार ५ सय ६३ जनाले रोजगार कार्यक्रमका लागि निवेदन भरेका छन् । माण्डवी गाउँपालिकामा रोजगार कार्यक्रमका लागि २२ लाख रकम विनियोजन भएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top