आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

नगरका जेष्ठ नागरिकहरु सम्मानित


प्युठान,१ असार ।
प्युठान नगरपालिका भित्र स्थायी घर भएका २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । नगरपालिकाका १० वटै वडाहरुबाट २÷२ जना गरी २० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई दोसल्ला ओढाउनुका साथै च्यावनप्रयास, हरलिक्स, गर्मीमा ओड्ने व्लायङ्गकेट, टर्च लाइट, जाडोमा ओड्ने व्लायङ्गकेट लगाएतका सामाग्री प्रदान गरिएको छ । सम्मानित हुनेहरुमा सबै भन्दा बढि उमेरका प्युठान नगरपालिका ५ का ९९ वर्षिय चिन्ता बुढा र प्युठान नगरपालिका २ निवासी कम उमेरका शेरसिंह विष्ट रहनुभएको छ ।
प्युठान नगरपालिकाको आयोजनामा जेष्ठनागरिकलाई सम्मान गरिएको हो । सम्मान गर्दै नगरप्रमुख अर्जुन कुमार कक्षपतिले विगतमा जेष्ठ नागरिकको आवश्यक सामाग्री प्रदान नगरी प्रचार मात्र गरिएको बताउनुभयो । ‘जेष्ठ नागरिकको नाममा अनावश्यक सामाग्री दिइने परिपाटी रही आएको थियो, कक्षपतिले भन्नुभयो,–‘अहिले भने उपयोगी र जेष्ठ नागरिकलाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराएका छौं ।’ आगामी वर्ष जेष्ठ नागरिकहरुको सल्लाह अनुसार कार्यक्रमहरु अगाडि सार्ने उहाँले बताउनुभयो । विजुवारमा निर्माणानिध वृद्धाआश्रमको संरक्षणमा सबैले चासो दिनु पर्ने समेत उहाँले बताउनुभयो ।
जेष्ठ नागरिकलाई निशुल्क आँखा शिविर
जेष्ठ नागरिकहरुका लागि हाल प्युठान नगरपालिकाले सबै वडामा निशुल्क आँखा शिविर सञ्चालन गरेको छ । नेपाल नेत्रज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन सस्थान आँखा उपचार केन्द्र विजुवारसंग समन्वय गरी ६० वर्ष उमेर समुह माथिका जेष्ठ नागरिकको निशुल्क मोतिविन्धुको शल्याक्रिया समेत गर्दै आएको छ । आगामी आर्थिक वर्ष देखि जेष्ठ नागरिकको घर घर पुगेर महिना २ पटक सम्म स्वास्थ्य जाँच गर्ने प्रवन्ध मिलाएको नगरप्रमुख कक्षपतिले जानकारी दिनुभयो । कतिपय अवस्थामा समयमै स्वास्थ्य उपचार नपाउने र नियमित स्वास्थ्य चेकजाँच नहुदां जेष्ठ नागरिकहरु मुत्यु शिकार बन्ने गरेको हुंदा नजिकैको स्वास्थ्य संस्थाहरुमा कर्मचारीको व्यवस्था गरी घरमै पुगेर स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइने उहाँले बताउनुभयो ।
जेष्ठनागरिक सम्मान कार्यक्रममा नगरउपप्रमुख शान्ता आचार्य, नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाका अध्यक्ष गुमान राज पुलामी, जेष्ठ नागरिक संरक्षण मञ्चका उपाध्यक्ष कमल पोख्रलले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top