आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

मेलम्ची नबनोस हंसपुर बृहत खानेपानी योजना


प्यार अलि खाँन
सरुमारानी गाँउपालिकामा निर्माणाधिन हंसपुर वृहत खानेपानी योजनाको लागत समय २ वर्ष पछि धकेलिने भएको छ । २ वर्ष भित्र पालिकाभर खानेपानीको सहज उपलब्धता गराउने भनि सरुमारानी गाँउसरकारले यस अघि नै नीति तथा कार्यक्रम सहित प्रतिबद्धता जनाएको थियो । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची वर्षौ अघिबाट निर्माण भैरहेको तर सम्पन्न हुन नसकेको परिदृष्यबाट स्थानिय जनतामा कतै हसंपुर वृहत खानेपानी मेलम्ची जस्तै हुने त होईन भनि आशंका समेत गर्न थालेका छन् । वर्षौ अघिबाट खानेपानीको चरम समस्या भोग्दै आएका स्थानिय जनतामा वृहत योजनाले खुसी ल्याएको तर समयमै योजना पुरा हुन्न की भन्ने चिन्ता उनिहरुमा छ ।
खानेपानी योजनाको मुख्य ईनार (सम्पआयल) को भाहिरी भाग चर्केपछि वृहत खानेपानी योजनाबारे गाँउबस्तीमा चर्चा सुरु भएको छ । आ.व २०७४÷२०७५ मा उपभोक्ता समिति मार्फत योजनाको काम सुरुवात गरिएको थियो । उपभोक्ता समितिका अध्यक्ष सन्तोषकुमार विकले भने ईनारको बाहिरी भाग मात्र केही चर्केको बताएका छन् । ‘पुरुवा जमिनका कारण बाहिरी भाग थोरै चर्केको छ ।’ विकले भने, ‘भित्रि भागको आरसिसि एक रौँ बराबर पनि चर्केको छैन् ।’ योजनामा ९ लाख बेरुजु निस्किएकोबारे विकले खण्डन गरेका छन् । ‘स्थानिय जनताले १२ लाख बराबरको जनश्रमदान गरेका छन् ।’ विकले भने, ‘प्राविधिकले स्टीमेटमा क्रुटि गर्दा बेरुजु निस्केको हो ।’ योजना निर्माणमा कुनैपनि प्रकारका अनियमितता नभएको उनले दावी गरेका छन् ।
३ सय २ घरधुरीका साविक हंसपुर गाविसका करिब ४ हजार जनसंख्यालाई खानेपानीको सहज आपुर्ति गराउने उद्धेश्यका साथ खानेपानी योजनाको काम अघि बढेको हो । खानेपानी योजनाका लागि गाँउपालिकाले गत वर्ष ६० लाख रुपैयाँ बजेट व्यवस्थापन गरी उपभोक्ता समिति मार्फत काम गराएको थियो ।
क्रमागत योजना अन्र्तगत योजनाको वाँकी काम गर्न गाँउपालिकाको ९० लाख र प्रदेस सरकारको ९० लाख रुपैयाँ यस आ.व.मा विनियोजन गरि टेण्डर गरिसकिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर बहादुर वलीले बताए । ‘ईनारको माथिल्लो बाहिरि भाग केही चर्केको रहेछ, भित्र ठिक छ ।’ वलीले भने, ‘प्राविधिक जाँच गर्दा गम्भीर प्रकृतिको लापरवाही देखिदैन् ।’ आषाढ मसान्तमै काम गर्ने लक्ष्य भएतापनि ढिलो गरि बजेट आएकाले र बोलपत्र प्रक्रियाले केही समय लिँदा मशिंर मसान्तसम्मको सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत वलीको भनाई छ ।
गाँउपालिकाकै गौरवको रुपमा हेरीएको यस योजनालाई आगामी २ वर्ष भित्रै पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको गाँउपालिकाका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । बजेटको सापेक्षतामा लागत खर्च बढी हुँदा २ वर्षमै काम सम्पन्न गर्न नसकिएको अध्यक्ष विश्वकर्माले बताए । ‘आगामी मशिंर मसान्त सम्म संरचना निर्माणको काम करिब ९० प्रतिशत सकिने छ ।’ पालिका प्रमुख विश्वकर्माले भने, ‘प्रदेस र स्थानिय सरकारको करिब १ करोड ३० लाख समपुरक बजेटबाट योजनाको थप वाँकी काम सम्पन्न हुनेछ ।’
पूर्वानुमान, पानीको वहाव, वातावरणीय प्रभाव र भौगोलिक जटिलताका कारण घोषित समयमै पालिकाभर खानेपानी समस्या अन्त्य गर्न नसकिएको विश्वकर्माले बताए । ‘खानेपानीमा थुपै्र कामहरु भएका छन् ।’ गा.पा अध्यक्ष विश्वकर्माले भने ‘अबको २ वर्षभित्र घरघरमा र टोलटोलमा धारा पुग्नेछन् ।’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top