आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

दाङवाङका ५५ जना जेष्ठनागरिकलाई सम्मान


सागर रिजाल
प्युठान,२३ जेठ ।
ऐरावती गाउँपालिका –१ दाङवाङका ८० वर्ष उमेर समूह माथिका जेष्ठनागरिकलाई सम्मान गरिएको छ । सहिद परिवार समाज नेपालको आयोजना, सामाजिक बिकास मन्त्रालय ५ नंम्बर प्रदेश तथा ऐरावती गाउँपालिकाको आर्थिक सहयोगमा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । यस क्षेत्रका ५५ जना जेष्ठनागरिकलाई नगद सहित दोसल्ला ओडाई सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष बिशाल खड्काले वताए ।
जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले सम्मान कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन गर्दै थापाले जेष्ठ नागरिकले देखाएका वाटोमा आफुहरु सधै लाग्ने बताए । समाजका सवै पक्ष एक भएर बिकास र समृद्धिको यात्रामा अगाडी वढनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा ऐरावती गाउँपालिका उपाध्यक्ष वुद्ध बहादुर वस्नेतले जेष्ठ नागरिकको अनुभव लाई सामाज रुपान्तरण प्रयोग गर्ने भन्दै मुलुक परिर्तनमा जेष्ठ नागरिकले खेलेको भुमिका अतुलनिय रहेका वताए । परिवर्तनका लागी शहिदहरुले वलिदान गरेका छन्, उनले भने,–‘ शहिदको उच्च सम्मान गर्दे शहिदको सपना साकार पार्ने छौँ । ’


सरकारले सवै पक्षलाई क्रमस सम्वोधन गर्दे देश स्थायित्व विकास र समृद्दिमा अगाडी वढेको बताए ।नेकपाका नेता समेत रहेका वस्नेतले नेकपा पार्टीले निर्वाचनमा गरेका प्रतिवद्धता हरु पुरा गर्ने बताए । उनले जेष्ठनागरिकहरुसंग भने,‘सामाजिक सुरक्षा भता ५ हजार वनाउने भनेका थियौ अहिले ३ हजार पुरायौ सरकारको यो पुरा कार्यकालमा ५ हजार नै पु¥याउछ । ’ गाउँपालिका भित्रका विभिन्न विकास निमार्ण कार्यहरु सगै वृद्ध हरुको संरक्षण र सम्मानलाई प्राथमिकतामा राखेर काम गरेकोे उपाध्यक्ष वस्नेतले बताए ।
सम्मान भएपछि जेष्ठनागरिक खुसी
ऐरावती गाउँपालिका १ दाङवाङका जेष्ठनागरिकहरु सम्मानित भएपछि खुसी भएका थिए । ९७ वर्षिय डिल वहादुर गाहामगर सम्मानित भएपछि सम्मानले मेरो मन निकै खुसी भयो अझै केही समय वाच्ने बताए । उनी संगै यस क्षेत्रका सम्मानित भएका जेष्ठनागरिकहरु खुसी भएका छन् ।
ऐरावती गाउँपालिका वाड १ दाङवाङ का माथिल्लो उमेर समुहका जेष्ठ नागरिक छनोट गरि सम्मान गरिएको वडा अध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top