
प्युठान,२१ जेठ ।
प्युठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले नगरपालिकाले श्रममुलक कामलाई प्राथमिकता दिने बताउनुभएको छ । मंगलबार आागामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमका विषयमा पत्रकार संग छलफल गर्दै नगर प्रमुख कक्षपतिले नगरले सञ्चालन गर्ने योजनामा श्रममुलक कामपनि प्राथमिकतामा रहने बताउनुभएको हो । चालु आर्थिक वर्षमा नगरपालिकाले एक वडा एक श्रममुलक काम गरेको उहाँले बताउनुभयो । नगरपालिकाका १० वटै वडामा श्रममुलक काम गरिएको छ, उहाँले भन्नुभयो,–‘ श्रममुलक काम अन्र्तगत सड्क र खानेपानीको काम भएको छ । उहाँका अनुसार वडा नंम्बर १, ३, ५, ६ र ७ मा श्रममुलक काम भईसकेको र वडा नंम्बर २,४,९ र १० मा काम भईरहेको उहाँले बताउनुभयो । आर्थिक वर्ष ०७६÷०७७ मा पनि श्रममुलक कामलाई निरन्तरता दिईने नगरप्रमुख कक्षपतिले बताउनुभयो ।
श्रममा यूवा परिचालन
प्युठानमा विदेश जाने यूवाको दर वढेसंगै यूवाहरुलाई गाउँमै बसाल्ने योजना सहित आफ्ना कार्यक्रममा यूवालाई समेत जोड दिईएको नगरप्रमुख कक्षपतिले बताउनुभयो । रोजगारीको लागि नगरक्षेत्रका ४५ सय वढी यूवाहरुले रोजगारीको फर्म भर्नुभएको छ, उहाँहरुलाई श्रममुलक योजनाका काममा लगाउने योजना रहेको उहाँले बताउनुभयो ।
नगरक्षेत्रका १० वडाबाट दुई सय ५० जना भन्दा वढी यूवालाई श्रममुलक काममा सहभागी बनाउने योजना नगरपालिकाले लिएको छ । जनताको जीवनस्तरलाई माथी उठाउन र समृद्ध नगर बनाउनको लागि यो अभियान अगाडी वढाईएको छ, नगरप्रमुख कक्षपतिले भन्नुभयोे,–‘यूवापुस्तालाई विदेश जानबाट रोक्नका लागि समेत यसले सघाउ पु¥याउने छ । ’ यस महिनाको लागि श्रम मन्त्रालयबाट ५३ लाख रुपिँया समेत विनियोजित गरेको उहाँले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्षमा एक वडा एक श्रममुलक काम गरेका थियौ, उहाँले भन्नुभयो,–‘आउने आर्थिक वर्षमा यसलाई वढाउने योजनामा छौँ । ’ आर्थिक वर्ष ०७६÷०७७ का लागि योजना छनोटका क्रममा समेत वडा स्तरबाट श्रममुलक कामलाई प्राथमिकता दिएको उहाँले बताउनुभयो ।

तीन वटा काम प्राथमितामा वढे
नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा कामलाई प्राथमिकतामा अगाडी वढाएको थियो । सामाजिक सुरक्षा भत्ता बैंक प्रणाली, झिमरुक तटबन्धन र खरमुक्त अभियानलाई प्राथमिता अनुसार काम अगाडी वढाएको नगरप्रमुख कक्षपतिले बताउनुभयो । त्यस्तै नगरपालिकाले १५ वर्षे नगरगुरुयोजना बनाउने काम समेत अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
देखीने खाँलको काम गर्न आग्रह
आागामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमका विषयमा पत्रकारहरुले नगरपालिकालाई देखीने खाँलको योजना अगाडी वढाउन आग्रह गरेका छन् । नगरपालिको वितेका दुई वर्षमा धेरै काम गरेको छ, पत्रकार महासंघ प्युठानका निवर्तमान अध्यक्ष गिरुप्रसाद भण्डारीले भन्नुभयोे,–‘शिक्षा, स्वास्थ्य र खानेपानीका योजनाहरुलाई प्राथमिकताका साथ अगाडी वढाउनुपर्छ । ’ प्युठानका पत्रकारहरुले नगरपालिकाले पत्रकारहरुलाई संगसंगै अगाडी वढाउनुपर्ने बताएका छन् ।
#पत्रकार सागर रिजालको सहयोगमा लेखीएको समाचार हो ।
कमेन्ट गर्नुहोस !