सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

अब मेसीनबाट सेनेटरी प्याड, मोती माविमा हाइजेनिक सेनेटरी प्याड मेसीन जडान


सागर रिजाल
प्युठान,१५ जेठ ।
जिल्लामै पहिलो पटक हाइजेनिक सेनेटरी प्याड भेन्डिङ मेसीन जडान गरिएको छ । ऐरावती गाउँपालिकाले गाउँपालिकाकै नमुना विद्यालय मोति माध्यामिक विद्यालय बरौलामा बुधवार मेशिन जडान गरेको हो । ऐरावती गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरुमा सुरक्षित महिनावारीका सामाग्रियुक्त विद्यालय बनाउने अभियानको रुपमा पहिलो विद्यालय मोति माविमा मेसीन जडान गरेको हो ।
गाउँपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा गणतन्त्र दिबसको अबसर पारी बिद्यालय स्तरमा छात्राहरुको लागि हाइजेनिक सेनिटरी प्याड मेशिन जडान गरि कार्य शुभारम्भ गरिएको पालिकाले जानकारी दिएको छ । विद्यालयमा भएको समयमा महिनावारी हुँदा विद्यालय छाड्नुपर्ने बाध्यता नरहने र छात्रा तथा शिक्षिकाहरुलाई महिनावारीको समयमा विद्यालयमा स्यानीटरी प्याड नहुँदा हुने मानसिक तनाव हट्ने विश्वास गाउँपालिकाले लिएको छ ।
छात्रा विद्यार्थीलाई नियमित बनाउने उदेश्य
विद्यालयमा अध्ययनरत छात्रा विद्यार्थीहरुलाई महिनावारी भएको समयमा नियमित विद्यालय उपस्थिती बनाउने उदेश्यले पहिलो पटक मेशिन जडान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सेन ओलीले जानकारी दिनुभयो । महिनावारी भएको समयमा छात्राहरु विद्यालय नआउने समस्या थियो, ओलीले भन्नुभयो,–‘अब मेशिन जडान गरेका छौँ , छात्राहरु म्हिनावारी भएको समयमा पनि विद्यालय आउनुहुनेछ । ’ छात्राहरु विद्यालय नआउँदा सिकाई अभिवृद्धि दर समेत घटने समस्या थियो,उहाँले भन्नुभयो,–‘अबका दिनमा छात्रा विद्यार्थीकोे सिकाई उपलब्धी दर वढने छ । ’ छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि यो मेसीनले सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सेनेटरी प्याडको प्रयोग गर्दा सुरक्षित स्थानबाट गोप्य रुपमा छात्राहरुले प्रयोग गर्न पाउँछन् ।’
मेसिनमा ५० वटा प्याड हुने र विद्यार्थीले चाहेँको समयमा कार्ड सिष्टमबाट प्रयोग गर्न सक्ने उहाँको भनाई छ । मेसीन जडान गर्दै प्रमुख प्रशासकीय अधिकृत ओलीले मोति माध्यामिक विद्यालय परिवारलाई मेसीनको सहि सदुपयोग र दिगो व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभएको छ । पहिलो चरणमा नमुना विद्यालय मोति माविलाई वितरण गरेको र आगामी दिनमा पालिकाका अन्य विद्यालयलाई समेत मेसीन जडान गर्ने योजना गाउँपालिकाले लिएको उहाँले बताउनुभयो ।

सक्रमण घटाउन मद्धत
महिनावारी भएको समयमा छात्राहरुले प्याडको सट्टा कपडा प्रयोग गर्ने हुँदा सक्रमण हुने डर हुन्थ्यो, प्याड मेसिन जडान भएसंगै सक्रमणको दर समेत घटने विश्वास लिएको बरौला स्वास्थ्य चौकीका ईन्चार्ज बालगोपाल श्रेष्ठले बताउनुभयो ।
हाइजेनिक सेनेटरी प्याड मेसीन जडान भए संगै मोति माध्यामिक विद्यालयका करिब पाँच सय जना छात्रा विद्यार्थी लाभान्वीत हुने विद्यालयका प्रधानाध्यापक तिलकराम पाण्डेले बताउनुभयो । महिनावारी भएको समयमा विद्यार्थी विद्यालय आउने क्रम न्युन थियो, उहाँले भन्नुभयो,–‘मेसीन जडान भए संगै विद्यार्थी नियमीत विद्यालय आउने विश्वास लिएको छु । ’
यसैविच
१२ औ गणतन्त्र दिवस २०७६ को सुखद र शुभ अवसरमा ऐरावती गाउँपालिकाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पालिका क्षेत्रभित्रका सरोकारवालाहरु सँगको अन्र्तक्रिया कार्यक्रममा गणतन्त्र घोषणा भैसके पछि को हरेक कृयाकलापहरूको विषयमा सरोकारवालाहरुको जिज्ञासालाई गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले सम्बोधन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top