मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

स्वीकृत भएको २८ वर्षपछि प्रहरी चौकी सञ्चालन


सागर रिजाल
प्युठान,११ जेठ ।
ऐरावती गाउँपालिकाकै दुर्गम गाउँ दाङवाङमा स्कीकृत भएको २८ वर्षपछि प्रहरी चौकी सञ्चालन हुने भएको छ । नेपाल सरकारबाट ०४८ सालमा स्वीकृत भएपनि यस क्षेत्रका मानिसहरुले प्रहरी चौकी राख्न अनुमती नदिएपछि सञ्चालन हुन सकेको थिएन् । प्रहरीप्रति नकारात्मक भावना र द्धन्द्धको समयले गर्दा प्रहरी चौकी सञ्चालन हुन नसकेको स्थानिय प्रेम नारायण आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो,–‘गाउँलेको एकमत नहुँदा स्वीकृत भएरपनि प्रहरी चौकी सञ्चालन गर्न सकिएको हैन् । ’ देशले २४ वटा प्रधानमन्त्री फेर्दा समेत हामी गाउँलेले प्रहरी देख्न पायनौ, उहाँले भन्नुभयो, –‘अब सञ्चालन हुने आश गरेका छौँ । ’
पछिल्लो समय यस क्षेत्रका बासिन्दाले जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग माग गरेका थिए । स्थानिय सरकार सञ्चालन भएपछि यस क्षेत्रका बासिन्दाले प्रहरी चौकी चाहियो भनेर स्थानिय सरकारसंग माग गरेको गाउँपालिका अध्यक्ष नबील विक्रम शाहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‐‘ दरबन्दी भएर पनि प्रहरी चौकी सञ्चालन नहुँदा गाउँपालिकासंग यस क्षेत्रका बासिन्दाले माग गरेका हुन् । ’
चौकी सञ्चालनका लागि स्थान छनोट
जिल्ला प्रशासन, सुरक्षा निकाय र स्थानिय सरकारसंग पटक‐पटक चौकीको माग गरेपछि शनिवार जिल्ला समन्वय समिति उपप्रमुख पदम थापा, गाउँपालिका अध्यक्ष नबील विक्रम शाह, प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृे, प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकी लगाएतको समुह दाङवाङ पुगेर प्रहरी चौकी सञ्चालन गर्ने स्थान छनोट गरेका छन् । चौकी सञ्चालनका लागि घर हेर्यौ, प्रहरी नायव उपरिक्षक निर्मल वुढाथोकीले भन्नुभयोे,–‘जेठ महिना भर चौकी सञ्चालन गर्छौ । ’ स्थानीय सरकार र सुरक्षा निकायको समन्वयमा चौकी सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
आवश्यकता देखेर काम अगाडी वढायौँ ः प्रजिअ
दाङवाङमा प्रहरी चौकी स्वीकृत भईसकेपनि द्धन्द्ध समयमा रोकिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैहृेले बताउनुभयो । यस क्षेत्रमा प्रहरी चौकी आवश्यकता छ भनेर स्थानियले पहिलेदेखि माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‐‘स्वीकृत भएर पनि रोकिएको चौकी आफ्नो कार्यकालमा स्थापना गर्ने भनि कामलाई अगाडी वढाएका हौँ । ’
प्रहरी चौकी स्वीकृत रहेकोले यस स्थानमा ९ जना प्रहरीको दरबन्दी रहेको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक निर्मल बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो,‐‘यसैक्षेत्रका लागि दरबन्दी रहेका ४ जना प्रहरीलाई जिल्लाको अनेत्र निकायमा काम लागाउनुपरेको छ । ’ ठाउँ छनोट भईसकेकोले यही महिना भर एक जना असई सहित ७ जना प्रहरी सहित कार्यालय सञ्चालन गरिने उहाँको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top